अनुगमनको कमजोर प्रभावकारिता

पछिल्लो समय बजारमा अनुगमन हुन थालेको छ । चाडबाडमा बजार अनुगमन हुने परम्परा पुरानै हो । बजार अनुगमनका क्रममा केही अनियमितता भएका तथ्य बाहिर आउने गरेका छन् । अनुगमनमा धेरैको गुनासो दोषीमाथि कारवाही नहुनु हो । म्याद गुज्रेका सामान पसलमा भेटिनु त सामान्य नै भयो । यसबाहेक अखाद्य पदार्थको विक्री, मिसावट अनि सरसफाइको कमी अहिले देखिने समस्या हुन् । अनुगमनकारी निकाय प्रशासनले सामान्य चेतावनी दिनेवाहेक उल्लेख्य कारवाही भएको सुन्नमा आउँदैन । यदि गम्भीर गल्ती गर्नेमाथी कारवाही हुने हो भने आगामी दिनमा यस्ता गल्ती दोहोरिन्नन । तर गल्ती गर्नेहरुले गरिरहने हो भने अनुगमनको खास औचित्य रहन्न । बजारमा सबै पसलमा मुल्यसुची देखिने गरि राखेको पाइंदैन। अनि मुल्यवृधी पछि पुराना स्टकलाई नै नयाँ मुल्य लिने क्रम पेट्रोलियम व्यवसायीबाट भैरहेको छ । यातायात व्यवसायीबाट सवारीको भाडा बढेको दरभन्दा बढी लिने गरिएको छ । यस्ता क्षेत्रमा पनि अनुगमन जरुरी छ । अनि अनुगमन मात्र नभएर सबैले थाहा पाउने गरि कारवाही गरिए मात्र यसको प्रभावकारीता रहनेछ ।