दशैंमा सार्वजनिक यातायातको मनोमानी रोकौ

नेपालीहरुको मुख्य चाड दशैं शुरु भएको छ । दशै नमान्नेहरुका लागि समेत यो चाड आफन्त, साथीभाई तथा सुभेच्छुक भेट्ने एक सामाजिक चाडका रुपमा विकास भैरहेको छ । नेपालमा सबैभन्दा बढी चहलपहल तथा आवतजावतका कारण सार्वजनिक यातायातका क्षेत्र धेरै चलायमान हुने समय पनि यही हो । टाढा टाढा जागिर तथा व्यवसायका लागि बसोबास गरेकाहरु समेत यसै चाडका अवसरमा आफ्नो गाउँ घर जाने गरेका हुन्छन् । शहरबाट गाउँतर्फ यातायातको ट्रेण्ड बढ्ने यस्तो समयमा सार्वजनिक यातायातको भाडामा झनै वृद्धि हुने तथा कतिपय रुटमा थोरै सवारीमा धेरै यात्रु कोच्ने चलन आम बन्न पुगेको छ । यस्तोमा गलत प्रवृत्ति रोक्नका लागि प्रहरी प्रशासनले समयमै विशेष सतर्कता अपनाउनु आवश्यक छ । समयमै चाडबाडमा चल्ने सवारी साधन र रुटको लगत राख्न सकिए नपुग भएका ठाउँमा पु¥याउने वैकल्पिक व्यवस्था गर्न सकिन्छ । तर त्यस्तो कमै हुने गरेको छ । समयमै प¥याप्त व्यवस्था वा तयारी गर्न सकिएमा अप्ठेराका समयमा गलत काम गर्नेमाथि कारबाही र विकल्प पनि दिन सकिन्छ । अन्यथा चाडबाडपछि हुने कारबाही वा अन्य कदमले यात्रुलाई केही फरक पार्दैन । यसतर्फ प्रहरी र प्रशासनले बेलैमा सतर्कता अपनाउनुपर्छ । अनि नागरिक समाजले पनि दबाब दिने बेला यही हो ।