मेरा कुरा ः अनुभव र अनुभूति

म २०५३ सालमा एसएलसी (हाल एसईई) उतिर्ण गरेको हुँ । राजनैतिक यात्रा त्यहिँबाट शुरु भो । राजनैतिक यात्रा नै त्यहाँबाट शुरु भो जहाँ प्रजातन्त्रको मुना भाँच्ने काम हुन्थ्यो । भिमादको जनज्योती उच्च मावि जहाँ कम्युनिष्टहरुको अखडा प्राय थियो । बल प्रयोग नगरे कयौं पटक विद्यार्थीको पठनपाठन भन्दा राजनैतिक क्रियाकलाप बढी । हामीले सोँच्यौ यो पढाइ नै बन्द गरेर पेलाहा प्रवृत्तिको हेपाई कहिले सम्म सहने ? त्यहाँ कयौं पटक लडेको छु प्रजातन्त्रका खातिर विद्यार्थी हितका खातिर । 
 
त्यसबेलाका मिना थापा र राङरुङका बसन्ती श्रेष्ठको पनि याद छ हामीलाई मौन समर्थन गर्नेहरु । अध्ययनको क्रममा राजनैतिक शास्त्रको विद्यार्थी म , पढाईलाई १२ भन्दा अगाडि बढाउन सकिन तर पनि त्यो अन्यायपुर्ण दिनको खुलेरै विरोध मात्र गरिएन प्रतिकार पनि ग¥यौ हामी त्यसबेला शिक्षक नभएर पिरियड खाली रहँदा सानो कक्षाका भाईबहिनीहरुलाई पढाउन पनि गएको याद छ । आज स्ववियु निर्वाचनमा विद्यार्थी संघ आउँदा गर्व महसुस हुन्छ । 
 
त्यसबेला उच्च माविमा पुष्प  पराजुली दाईको बहिनी सपना पराजुली अध्यक्ष र म सचिव अनि पदाधिकारी सदस्यहरुमा मधुकर सेन ठकुरी, अर्जुन मल्ल, बिष्णु खनाल उर्फ लाहुरे इज ब्याक संजिव गुरुङ, संगिता श्रेष्ठ, मेनका श्रेष्ठ लगायतका साथीहरु एकमत थियौं । 
 
तत्कालिन समयमा अध्यक्ष सपना पराजुली महिला भैकनपनी निक्कै साहसी हुनुहुन्थ्यो सायद राजनैतिक पृष्ठभुमिबाट आएकोले पनि हुनसक्छ, हामी सँगै जुझारु पनि । त्यहीँबाट शुरु भएको राजनैतिक यात्रा आज २ दशक पार गरेको छ । 
 
हामी भन्दा सिनियर बसन थापा, दिपक बिक, रबु आले, चित्र राना लगायत हाम्रा मेरुदण्ड हुनुहुन्थ्यो जुन हाम्रो गन्तव्य पूरा गर्नको लागि कोषेढुङ्गा सावित हुनुभयो । ती दाईहरु मध्य हाल कोही क्रियाशिल हुनुहुन्छ कोही निस्कृय तथापी हाम्रा अग्रजले रोपेको फुल हामीले हुर्कायौं र आज फुलेको देख्दा छुट्टै मज्जा आउँछ । आज त्यसबेला बुनेका सपनालाई कतिले त्यागे कतिले अँगालेका होलान तर म निरन्तर राजनितिलाई तरुणको राजनितिबाट अगाडि बढाएँ । युवा पुस्ता र समाज विकासमा युवाको भुमिका खोज्दै हिँडे । 
 
मलाई लाग्छ मैले १ दर्जन भन्दा बढी प्रशिक्षण दिलाएँ होला र ४० र ४५ प्रशिक्षण लिएँ हुँला तर दुर्भाग्य ती लोकतन्त्रको पाठबाट सिर्जित थुप्रै पात्रहरु कोही साउदी कोहि मलेसिया त कोहि कतारमा श्रम गरि रहेका छन् कहिले काहीँ आईपुग्ने ती गंगा थापा, मोतिलाल राना, अनुप थापा, मिलन कार्की, शेरबहादुर आले जस्ता पात्र भेटिँदा अति खुशी लाग्छ भने हुर्कँदै गरेका पछिल्ला अनुहारलाई लोकतन्त्रको पाठ पढाउने सौभाग्य नपाउँदा दुख पनि । 
 
पछिल्लो पटक नेपाली कांग्रेस जिल्ला सभापती बैकुण्ठ न्यौपानेको निर्देशनमा लिएको युवालाई सामाजिक विकासमा सहभागीको बारेमा पोखरामा लिएको ३ दिने कार्यक्रम हो जुन कार्यक्रमबाट सिकेका कुराहरु मैले व्यवहारमा उतार्न पाएको छैन । 
 
युवाहरुबीच सद्भाव कसरी कायम गर्ने ? कसरी युवाहरुलाई विकास निर्माणमा सहभागी गराउने र लोकतन्त्रका विषयमा कसरी युवालाई सु–सुचित गराउने भन्ने बारेमा प्रयोगात्मक रुपमा लागेको म युवा तथा खेलकुद मन्त्रालयले तयार पारेको युवा निति लगायत पछिल्लो प्रशिक्षणबाट पाएको त्यसलाई प्रयोगात्मक रुपमा लाने प्रयत्नमा छु । 
 
महेश दाहाल, बिकल शेरचन जस्ता दिग्गज प्रशिक्षकको प्रशिक्षणबाट म आफुलाई लोकतान्त्रिक मानवको रुपमा पाएको छु भने  माननीय ध्रुब वाग्ले जस्ता प्रखर वक्ता तथा युवा हिमायतिको हरेक विचारबाट दिक्षित छु जस्तो लाग्छ । 
 
वास्तबमा युवाले प्रजातन्त्रको मुलभुत सिद्धान्त आफ्ना अग्रजले भनेको मान्ने र जनताले जनताद्वारा जनतामाथी शासन व्यवस्थाको ओँठे जवाफ भन्दा अरु खासै बुझेको देखिँदैन । वास्तवमै ती युवाहरुलाई वास्तविक प्रजातन्त्र र प्रजातन्त्र को मुलभुत सिद्धान्त थाहा नभएसम्म तरल रहि रहन्छन, पछिल्लो पटक हजारौ युवाले पलभरमै लहडको भरमा एउटा दल छोडेर अर्को दलमा ढल्कनु यसका उदाहरण हुन् ।
 
लोकतन्त्र बलियो रहे हाम्रो नागरिक स्वतन्त्रता जिवित रहन्छ भनेर सिकाउनेले लोकतन्त्रको मूल्य र मान्यता नसिकाएपछी नागरिक स्वतन्त्रता जिवित रहन सक्दैन, पछिल्लो पटक देखिएका स्वतन्त्रताका नाममा आएका विकृतिहरु त्यसका उदाहरण हुन् जुन तर्फ राजनैतिक दलहरु सचेत । भएनन भने युवाको भविष्य अन्धकार मात्र हैन आफ्नो बुढ्यौली असुरक्षित हुनेछ भन्ने हेक्का रहनुपर्दछ । 
 
आज युवालाई विकृत बाटोमा डो¥याउँदै गर्दा आफ्ना असुरक्षित बुढ्यौलीलाई नजरअन्दाज गर्नेहरुसँग युवा पुस्ता जोगिन पनि युवा आफै सचेत हुनपर्ने अवस्था आएको छ जसको लागि एउटा सबल र असल युवाको खाँचो छ र पहिचान गर्ने आवश्यकता पनि छ । 
 
कुनै पनि दलको अभिष्ट पालेर गरिने प्रशिक्षणले केवल दलको मात्र पृष्ठपोषण गर्दछ तर मेरो नेतृत्वमा रहँदा स्थानिय नेपाल तरुण दलले जहिल्यै दल भन्दा सैद्धान्तिक कुराहरुलाई जोड दिएको थियो त्यसैको कारण तरुणहरु बिचको वैमनष्यता कम गर्न सैद्धान्तिक भुमिका खेलेको थियो । 
 
आज समाजको परिवर्तनको संवाहक हुन चाहने लाखांै युवा विदेश छन् । लोकतन्त्रका सिद्धान्तले सिकाएका पाठहरु बालुवा र तातो बाफमा भिजाउँदै मिश्रीत नतिजा खोज्दै छन् । ती लाखांै युवाहरुमध्य १०,००० र लोकतन्त्र जानेका युवाहरु ७ प्रदेश धाउने हो भने अबको ५ बर्षमा सहि र गलत खुट्याउन सक्ने हरेक युवा पुस्ता जन्माउन सक्ने ल्याकत रहन्छ । 
 
दुर्भाग्य त यो छ को हरेक राजनैतिक दलभित्रका अधिकांशले त्यस्ता युवाहरु यस कारण राजनितिमा स्थान दिँदैन किनकी उसले गरेका हरेक कर्तुतको पर्दाफास होला भनेर तर वास्तविकता त यो होकि समाज परिवर्तनको लागि आफ्ना सपना त्यागेका लोकतान्त्रीक तरुण युवाहरु उनीहरुले गरेका कर्तुतलाई हैन अबको नयाँ कार्यदिशालाई पहिलो प्राथमिकतामा राख्दछ ।
(लेखक नेपाल तरुण दल क्षेत्र नं. २ अधयक्ष हुन् ।)