प्रहरी दिवसमा २५ द्वारा रक्तदान

 दमौली  । प्रहरी दिवसको पूर्वसन्ध्यामा जिल्ला प्रहरी कार्यालय तनहुँमा आयोजित रक्तदानमा २५ प्रहरीले रक्तदान गरेका छन् । कार्यक्रमको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले पनि अवलोकनका लागि पुगेका थिए ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक श्यामु अर्याललगायत सिनियर प्रहरी अधिकृत,जुनियर प्रहरी अधिकृत तथा मातहत समेतमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरुसमेतले रक्तदान गरेको प्रहरीले जनाएको छ । 
प्रहरीले दिवसकै अवसरमा बुधबार ‘लेट्स वाक टुगेदर’ नामक महिला हिंसाविरुद्धको अभियान थाल्दैछ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम छ ।