व्यास गुफामा विदेशी पर्यटक

 दमौली  । व्यास २ स्थित व्यास गुफा क्षेत्र अहिले विदेशी  पर्यटक भित्रिएका छन् ।  व्यास क्षेत्र भित्र रहेका २८ वटा साना मुर्तिहरु प्रकृतिक दृश्य लगायत मादी नदी र सेती नदीको दोभान लगायतका आर्कषणले विदेशी पर्यटक भित्रिएको व्यास गुफा क्षेत्र शिव पाञ्चायन मन्दिर संरक्षण समितिका विष्णुभक्त सिग्देलले बताए । 
व्यास क्षेत्र समितिले एक सय आठ फिट अग्लो मुर्ति पनि निर्माण भई रहेको सिग्देलले बताए । खासगरी भारतका पर्यटकहरु मन्दिरमा आउने गरेका 
छन् । उनीहरुले महाभारत, अठार पुराणका रचयिता तथा वेदका सर्जक व्यासको जन्मभूमिबारे चासो राख्ने व्यास क्षेत्र शिव पाञ्चायन मन्दिर संरक्षण समितिका अध्यक्ष प्रेमप्रकाश भट्टराईले बताए । भारतबाट आउने पर्यटकको संख्यामा वृद्धि भएसँगै व्यास क्षेत्रमा सम्भावनाको बाटो खुलेको जानकारहरु बताउँछन् । भारतबाट विभिन्न मठका मठाधिस तथा सन्त महन्तहरु व्यास क्षेत्रमा आउन थालेको पाइएको छ । व्यास पराशर अन्न क्षेत्रमा समेत उनीहरुले समय बिताउने गरेका छन् । १८ महिने अखण्डकीर्तन लगायतका धार्मिक कार्यक्रमले गर्दा व्यास क्षेत्रको प्रचार भएको अन्नक्षेत्रका संरक्षक दामोदर बाबाको भनाई छ ।
अहिले विदेशी पर्यटक विस्तारै भित्रिएको हुनाले खासै राम्रोसँग सुविधा दिन नसकेको सिग्देलले 
बताए । अहिले दुईवटा समिति बनाएर नयाँ कार्य समिति चयन गर्ने काम भईरहेको बताए । अहिले दिनमा एक गु्रपमा २० देखि ३० जना सम्मको पर्यटक भित्रिएका छन् । त्यहाँको रमणीय दृश्यले उनीहरुलाई लोभाएको छ । अब उक्त क्षेत्र वरिपरि होमस्टेको व्यवस्था पनि विस्तारै अगाडी बढाउने प्रक्रिया भई रहेको छ । पयर्टकहरु टेन्टमा बस्न धेरै रुचाएको पनि देखिन्छ । 
त्यसका लागि उनीहरु नै सुरक्षाका लागि प्रहरीलाई पहिले नै खबर गर्नु पर्ने बताए । अहिले दुई तिन दिनको लागि आउनेहरुलाई अन्न भण्डार क्षेत्रमा बस्नको लागि सुविधा भएको छ । विस्तारै यस क्षेत्र तनहँुकमा पर्यटक लोभाउने क्षेत्र बन्न सक्ने विश्वास रहेको उनले बताए ।