विजयादशमीको अबसरमा फुटबल

 दमौली  । विजयादशमी तथा शुभ दिपावली २०७५ का अवसरमा रिपोर्टर्स क्लब नेपाल गण्डकी प्रदेश तनहुँद्वारा आयोजित मैत्रीपूर्ण फु्टबल खेल शनिबार दमौलीमा सम्पन्न भएको छ ।  खेलमा पत्रकारको टिम विजयी भएको हो । नेपाल पत्रकार महासंघ तनहुँले जनप्रतिनिधिको टिमलाई २–० गोलले पराजित गर्दै विजयी भएको हो । पत्रकार महासंघका तर्फबाट रिपोर्टर्स क्लब तनहुँका अध्यक्ष मदन वाग्ले र महासंघका पूर्व अध्यक्ष प्रदिप काफ्लेले १÷१ गोल गरेका थिए । बिजेता र उपबिजेता टिमलाई ट्रफी, मेडल, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले संयुक्त रुपमा वितरण गरे । जनप्रतिनिधि र पत्रकार बीचको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटबलको आयोजना गरिएको क्लबका अध्यक्ष वाग्लेले बताए । 
रिपोर्टर्स क्लब तनहुँका अध्यक्ष मदन वाग्लेको सभातित्वमा भएको कार्यक्रममा पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य, क्लबका सचिव शैलेन्द्र मिश्र लगायतकाले खेलकुदको क्षेत्रमा चर्चा गरेका थिए । सो खेलका लागि व्यास नपा, विद्यार्थी पुस्तक पसल, स्थानीय श्रृङ बस व्यवसायी समिति, जिल्ला खेलकुद विकास समितिले सहयोग पु¥याएका थिए । रिपोर्टर्स क्लब नेपाल तनहुँले हरेक वर्ष मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्दै आएको छ ।