दशैं बिदा मनाउन हिंडेका ट्राफिकको दुर्घटनामा मृत्यु

 दमौली  ।दशैंको बिदा मनाउन ड्युटी सकेर हिंडेका एक ट्राफिक प्रहरीको हिजो भएको सवारी दुर्घटनामका परी ज्यान गएको छ । धादिङमा कार्यरत तनहुँ भानु ४ निवासी ट्राफिक प्रहरी हवल्दार भरतराज बाँस्तोला सवार बा ५३ प ४०७८ नम्बरको मोटरसाइकल आँबुखैरेनीस्थित पृथ्वी राजमार्गमा ना ५ ख ३८१४ नम्बरको बससँग ठोकिंदा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते बाँस्तोलाको उपचारका क्रममा हिजो साँझ भरतपुरको पुरानो मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।