पुर्णिमासम्म अदालतमा सुविधा

 दमौली  । घटस्थापनाबाटै बिदा घोषणा भए पनि तनहुँ अदालतले चाडबाडका बेलासमेत सेवा प्रदान गरेको छ । दशैंका क्रममा अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट तथा पक्राउ पुर्जीका लागि स्विकृती प्रदान गरिएको अदालतका डिठ्ठा विश्वेश्वर सुवेदीले बताए ।
बन्दी प्रत्यक्षीकरणको रिट नपरे पनि प्रहरीबाट बिदाका समयमा पक्राउ पुर्जीको स्विकृतीका लागि सेवा लिइएको उनले बताए । अदालत पूर्णिमापछि नखुल्दासम्म पनि दुवै सेवा प्रदान गरिने उनले बताए । अदालतले यसअघि बन्दी प्रत्यक्षीकरणको रिट मा    त्र लिने सुविधा दिए पनि भदौंबाट नयाँ देवानी तथा अपराध संहिता लागू भएपछि प्रहरीलाई पक्राउ पुर्जीको समेत सुविधा प्रदान गर्न थालेको हो ।