भानुमा कांग्रेस कार्यकर्ता तामाङको निधन

दमौली  । तनहुँ भानु नगरपालिका मानेचौकानिवासी कांग्रेस सक्रिय कार्यकर्ता लालबहादुर तामाङको  निधन भएको
छ । त्यस क्षेत्रको पार्टी संगठनमा महत्वपूर्ण मानिएका तामाङको शनिबार धार्मिक  रीतिपूर्वक  अन्त्येष्टि गरिएको  छ। कर्यक्रमममा कांग्रेसका जिल्ला सभापति बैकुण्ठ न्यौपाने, पूर्व जिल्ला सभापति रघुनाथ पौडेल,वडा सभापति रुद्रनाथ  पौडेललगायतले स्वर्गीय तामाङको योगदानबारे बोलेका थिए।
यसैबीच, नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीले एक शोक सन्देश जारी गर्दै स्वर्गीय तामाङ आफ्नो  क्षेत्रका कांग्रेसका खम्बा भएको टिप्पणी गरेका छन् । सन्देशमा तामाङको निधनले पार्टी संगठनमा गहिरो क्षति  पुगेको भन्दै जोशीले परिवारजनमा  समवेदना प्रकट गरेका छन् ।