नगरप्रमुख विश्व संसदमा निर्वाचित

 दमौली  । व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने विश्वका नगर प्रमुखहरुको विश्व संसद सदस्यमा निर्वाचित भएका
छन् । बेलायतको व्रिष्ट्रोल शहरमा गत अक्टोबर २३ तारिखमा सम्पन्न सम्मेलनमा प्रमुख न्यौपाने नेपालबाट एक मात्र निर्वाचित भएको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । न्यौपाने उपस्थित नभए पनि उनले आफ्नो उम्मेदवारी सम्मेलनमा प्रस्तुत गरेकामा उपस्थित सदस्यहरुले निर्वाचित गरेको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विश्वका विभिन्न नगरहरुको सहभागीतामा बनेको विश्व संसदमा नेपालबाट प्रतिनिधित्व गर्ने व्यास नगर नै एक मात्र नगर भएको पनि नगरपालिकाले जनाएको छ ।
सम्मेलनले बसाई सराईलाई मानविय ढंगले व्यवस्थापन गर्ने निर्णय पनि गरेको नगरपालिकाले जनाएको छ ।