बीपी विचार समाज व्यास नगर समितिलाई पूर्णता

दमौली  । नेपाली कांग्रेसनिकट बीपी विचार समाज व्यास नगर समितिले पूर्णता पाएको छ । बीपी विचार समाज तनहुँले यसअघि नगर समिति गठन गर्नका लागि इन्द्रबहादुर दरैलाई संयोजक तथा कृष्णप्रसाद भट्टराईलाई उप संयोजकको जिम्मेवारी दिएको 
थियो । बुधबार बसेको भेलाले सभापतिमा इन्द्रबहादुर दरै, उप सभापतिमा कृष्णप्रसाद भट्टराई तथा सचिवमा कृष्णप्रसाद सोतीलाई जिम्मेवारी दिएको छ ।
यसैगरी कोषाध्यक्षमा अमृता घर्ती रहेको समितिले सबै वडाबाट एक एक जनालाई सदस्य चयन गरेको छ । व्यास १ बाट रामचन्द्र पन्थ, व्यास २ बाट दीर्घबहादुर थापा, व्यास ३ बाट सुदीप काफ्ले, व्यास ४ बाट अपुलसिं गुरुङ, व्यास ५ बाट भिमकुमार श्रेष्ठ, व्यास ६ बाट मीनबहादुर गुरुङ, व्यास ७ बाट टेकबहादुर गुरुङ सदस्य चयन भएका छन् । यसैगरी व्यास ८ बाट युवराज गुरुङ, व्यास ९ बाट तेजबहादुर गुरुङ, व्यास १० बाट अर्जुन गुरुङ, व्यास ११ बाट बलबहादुर पोखेल, व्यास १२ बाट नविन थापा, व्यास १३ बाट गोविन्द गिरी तथा व्यास १४ बाट पुण्यप्रसाद भट्टराई सदस्य चयन भएका छन् ।
यसैगरी सरस्वती थापा, शिवराज काफ्ले, नवराज अधिकारी, गणेश गुरुङ र शंकरप्रसाद गैह्रे सदस्य चयन भएका छन् । भेलामा बीपी विचार समाज तनहुँका सचिव हरिशरण पण्डित, सदस्य परशुराम गिरी, शुकुमलाल गुरुङ र नरनाथ काफ्लेलगायतले बीपीको विचार अहिलेको कांग्रेस र देशका लागि आवश्यक रहेको बताए । समाजले तनहुँका सबैजसो स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्ने लक्ष्य राखिएको जनाएको छ ।