पर्यटन प्रबद्र्धनका लागि जेसिजद्वारा होमस्टे भ्रमण

 आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ जेसिआई व्यास नगरले आँबु ६ स्थित हिलेखर्क होमस्टेको अवलोकन भ्रमण गरेको छ ।  होमस्टेको अध्ययन तथा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम गरिएको संस्थाका अध्यक्ष पबिन्द्र भट्टराईले बताए । कार्यक्रमअन्र्तगत जेसिजका ५० सदस्यले स्थानीय होम स्टेमा रात बिताएका थिए । गत शुक्रबार गएको टोली शनिबार फर्केको थियो । 
होमस्टेको प्रबद्र्धनका लागि भ्रमण उपयोगी हुने विश्वास लिएको कार्यक्रमका संयोजक रमेश गिरीले बताए । स्थानीय पाँच घरमा बास बसेका जेसिज सदस्यलाई स्थानीय समुदायले स्वागत गरेका 
थिए । उनीहरुले स्थानीय परिकारको स्वाद चखाएका थिए ।