परोपकार महासंघको साधारण सभा

 व्यास ५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासंघ जिल्ला कार्य समिति
तनहँुको चौथो साधारण सभा तथा वार्षिकोत्सव सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गदै राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले यस संस्था समाजको लागि राम्रो कार्य गरेको बताए । उनले यस संस्थाको लागि सधैं सहयोगको लागि लाखि रहने बताए । 
राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष गुरु कमलनयन गौतमले नेपाल भरिको ४४ वटा ठाँउमा संस्था रहेको र संस्थाअन्र्तगतका वृद्धाश्रमबाट नौ सय जनाले सेवा पाएको बताए ।
संस्थाको वार्षिक विवरण सस्थाका कोषाध्यक्ष कृष्णराज वाग्लेले प्रतिवेदन प्रस्तुत गरेका थिए । महासंघले सञ्चालन गरेको परोपकार ज्येष्ठ नागरिक चौतारी नामक वृद्धाश्रममा  १० जना वद्धावृद्धा आश्रित छन् । आश्रममा  आठ गाई पालन गरि दुध उत्पादन गरि आश्रमको आर्थिक विकास गरेको समितिले जनाएको छ । संस्थाको अक्षयकोष पनि बढेर १६ लाख पुगेको समितिले जनाएको छ । 
कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष तारानाथ घिमिरेले विकासको लागि थप सहयोगको आग्रह गरे । कार्यक्रममा प्रथम नगर प्रमुख एवं पराशर आश्रम संरक्षण समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठ, व्यास शिव पाञ्चायन क्षेत्र विकास कोषका अध्यक्ष काशीनाथ न्यौपानेलगायतले मन्तव्य राखेका
 थिए ।