समुदाय प्रहरी साझेदारी शुरु

 प्रहरी प्रधान कार्यालयको देशैभर स्थानीय तहसँग सुरक्षामा साझेदारी गर्ने  नीतिअन्र्तगत तनहुँमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम औपचारिक रुपमा शुरु भएको छ । 
‘हर प्रहर, गाँउ र नगरी टोलटोलमा प्रहरी’ नाराका साथ शुरु अभियान अब सबै तहमा चल्नेछन् । अभियानको उद्घाटन गदै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले मुलुकलाई सभ्य र सुरक्षित बनाउन पहिला समुदायसँग प्रहरीको साझेदारी बनाई अन्तरसम्बन्ध राख्नुपर्ने बताए । उनले प्रहरीलाई जनताले पहिलकै दृष्टि बाट हेरेको तथा प्रहरीसँग आफनो गुनासो बताउन नसक्ने जस्ता समस्या रहेको भन्दै प्रहरीलाई आफ्ना कुरा भन्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड 
दिए । वाग्लेले टोलटोलमा अगाडी बढाउनु पर्नेमा जोड दिए । व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले प्रहरीको अभियान राम्रो रहेको र यस कार्यलाई अगाडी बढाउनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले अभियानले समुदायप्रति गाढा सम्बन्ध रहने बताए । उनले जनतालगायत जनप्रतिनिधिहरुको सुरक्षाको लागि पनि ध्यान प्रहरीले दिनु पर्ने बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपनिरिक्षक सिद्धिविक्रम शाहले विद्याथीहरुलाई सनचेतना लगायत महिला हिंसा जस्ता कार्यहरुको न्युनिकरण हुने बताए ।
यस्तो कार्यलाई सफल पार्न सबै  जनप्रतिनिधि,विद्यार्थी, शिक्षक लगायत जनताहरुले प्रहरीको साथ दिनु पर्ने बताए । 
कार्यक्रममा  जिल्ला समन्वय समितिकी उप–प्रमुख पवित्रा पौडेल, तनहँुका विभिन्न तहका प्रमुख तथा अध्यक्षका साथै व्यास नगरपालिकाकाका वडा अध्यक्षहरु लगायत शिक्षकहरुको उपस्थिती रहेको थियो ।