पटाका मगाउनेमाथि पनि मुद्दा

 तनहुँ प्रहरीले पटाका मगाएको आरोपमा एक व्यापारीलाई पक्राउ गरी मुद्दा लगाउने तयारी गरेको छ । 
गत असोज २९ गते आँबुखैरेनीस्थित पृथ्वी राजमार्गमा भारतबाट ल्याउँदै गरेको ठूलो परिमाणको पटाकासहित भारतीय नागरिक सुमितकुमार सिंहलाई पक्रेर विष्फोटक पदार्थ ऐनअन्र्तगत मुद्दा चलाउन अनुसन्धान गरिरहेको छ । पक्राउ सिंहको बयानका क्रममा बरामद पटाकासहितका विष्फोटक पदार्थ आँबुखैरेनी २ बीचबजारस्थित ४२ वर्षिया चिजकुमारी रिजालले मगाएको खुलेपछि उनलाई समेत प्रहरीले पक्रेर सोही मुद्दा लगाउने तयारी गरेको हो । 
तिहारमा बेच्ने उद्देश्यले रिजालले पटाकासहितका विष्फोटक मगाएकाले उनीविरुद्ध पनि विष्फोटक पदार्थ ऐनअन्र्तगत मुद्दाका लागि अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । तनहुँ प्रहरीले तिहारमा प्रयोग हुने पटाका तथा पटाकाजन्य विष्फोटकको आयातमा कडाइ गरिएको दाबी गरेको छ ।