बन्दीपुरमा बीपी विचार समाज

 बन्दीपुरमा सम्पन्न अर्को एक भेलाले शुकुमलाल गुरुङको नेतृत्वमा बीपी विचार समाज बन्दीपुर समिति गठन गरेको छ ।
समितिको सभापतिमा शुकुमलाल गुरुङ, रुद्रनिधि नैनावस्ती उप सभापति, परमेश्वर भट्टराई सचिव तथा केशु गुरुङ कोषाध्यक्ष चयन भएका छन् । यसैगरी, सदस्यहरुमा प्रेम बानियाँ, कृष्ण पिया, ज्ञानेन्द्र अधिकारी, मणि गुरुङ, अब्दुल गनि मियाँ, इन्द्रबहादुर थापा, सन्तबहादुर सुनार, प्रकाश खत्री, गोकर्ण बनियाँ, दिलाराम गिरी, दिनेश प्रधान, विष्णु गुरुङ र गणेश गुरुङ छन् । समितिका सल्लाहकारहरुमा मणिकुमार प्रधान, मोतिलाल गुरुङ, इन्द्रविलाश भट्टराई, मानबहादुर थापा,दुरमाया गुरुङ र बिर्खमाया गुरुङ छन् । 
तत्कालीन संयोजक शुकुमलाल गुरुङ संयोजकत्वको भेलामा समाजका जिल्ला सचिव हरिशरण पण्डित तथा सदस्यहरु परशुराम गिरी, बालकृष्ण पौडेल, कृष्णप्रसाद भट्टराई, तुलबहादुर गुरुङ र हरि सिग्देलले कार्यक्रममा बोलेका थिए ।