व्यास ६ अम्रेनीमा खानेपानीको साधारणसभा सम्पन्न

दमौली । व्यास ६ स्थित अम्रेनीमा खानेपानी समितिको १४ औँ साधारण सभा सम्पन्न भएको छ । व्यास ६ का वडा अध्यक्ष सुर्यभक्त भण्डारीले खानेपानी योजना छिटोभन्दा सम्पन्न गर्नुपर्ने भनाई व्यक्त गर्नुभयो । समितिका अध्यक्ष सिद्धिभक्त पण्डितको सभापतित्वमा भएको कार्यक्रममा व्यास ६ नेकपा वडा समिति जिल्ला केन्द्रिय सदस्य चन्द्रकान्त भण्डारी, संयोजक शिवदत्त पण्डित, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य  भानुभक्त पण्डित, सिन्धु पुस्तकालयका अध्यक्ष अम्बिकाप्रसाद पण्डित, व्यास ६ की वडा सदस्य वृद्धिमाया विक, अम्रेनी राटामाटा टोल विकास संस्थाका अध्यक्ष तेजप्रसाद लामिछाने, इन्दु माध्यमिक विद्यालयका शिक्षक एकबहादुर श्रेष्ठ लगायतले भनाई राखेका थिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष लोकमाया पण्डितले संस्थाका आर्थिक विवरण प्रस्तुत गरेकी थिइन् । 
खानेपानी योजनाले हालसम्म बहत्तर घरधुरीलाई सेवा दिंदै आएको र खानेपानीको पहँच पु¥याउन सहयोग गदै आएको छ । खानेपानी आयोजनाबाट खपत हुने पानी प¥याप्त नभएको समितिले जनाएको छ ।