नेकपाको प्रशिक्षण

 नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी व्यास नगरस्तरीय संयन्त्र बैठक तथा प्रशिक्षण व्यास १३ र १४ नम्बर वडामा सम्पन्न भएको छ । 
१३ नम्बर वडाका संयन्त्र सदस्य रामचन्द्र बस्नेतको अध्यक्षतामा सपन्न भएको बैठकमा व्यास नगर  संयन्त्रका सदस्य अतिन्द्रकेशरी  न्यौपाने, श्रीराम कार्की, रामचन्द्र सापकोटा, नेकपाका नेता रनसिं नेपाली, भुपेन्द्र कोइराला, गजेन्द्र पन्थ लगायतले निर्देशनका साथै शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा १३ वडा का संयन्त्र सदस्य नारायण थापा तथा प्रेम थापाले पनि बोलेका थिए । नगरपालिका का १४ वडामध्ये १३ वटाको संयन्त्रको बैठक सकिएको र अब ५ नम्बर वडाको बैठक राखिने नगर संयन्त्र सदस्य श्रीराम कार्कीले जानकारी दिए ।