राधा माधवको भवनका लागि देउसी खेलिने

 राधा माधव सेवा समितिको भवन निर्माणका लागि देउसी भैलो अभियान सञ्चालन गरिने भएको छ ।
हाल व्यास २ स्थित भाडाको जग्गामा रहेको समितिको भवन व्यास ३ शान्तिनगरमा बनाउने तयारी गरिएको छ । 
भवनका लागि जग्गा प्राप्त भएको क्षेत्रमा काम अघि बढाउनका लागि आर्थिक संकलन गर्न देउसीभैलो गर्न लागिएको समितिकी सह संयोजक चिनु पोख्रेलले बताइन् । भवनको केही समयअघि नै शिलान्यास गरेर काम भैरहेको छ । भवनका लागि झण्डै ९० लाख लागत अनुमान गरिएको छ ।
भवनका लागि देउसीभैलोमार्फत श्रोत जुटाउन कार्तिक १९ देखि २१ गतेसम्म देउसीभैलो गरिने पोख्रेलले बताइन् ।