घिरिङमा कांग्रेसको समिति

घिरिङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको वडा समिति गठन गरिएको छ । गठित समितिको संयोजकमा रवि घोरासैनी, उप संयोजकमा केशवराज पोख्रेल र शर्मिला खनाल, सचिवमा पदमराज भण्डारी, कोषाध्यक्षमा अमृता देवकोटा चयन भएका छन् । सदस्यहरुमा खुमकुमारी चापागाइं, नारायण ढकाल, बाबुराम भट्टराई, मणि सिग्देल, देवी कुमाल, कृष्ण परियार, माधव चन्द, बलबहादुर थापा, नरबहादुर थापा, सम्झना कुमाल, पशुपति पोख्रेल, हिराकुमार श्रेष्ठ, निलकण्ठ भण्डारी र पशुपती सिग्देल छन् । 
तत्कालीन संयोजक इमानसिं थापाको संयोजकत्वमा भएको भेलामा कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन आले, क्षेत्रीय सचिव इन्द्रबहादुर आले, क्षेत्रीय सदस्य सुशिलकुमार श्रेष्ठ, नेविसंघ क्षेत्रीय अध्यक्ष एवं टोली सदस्य सुमन थापालगायतले बोलेका थिए ।