बीपी विचार क्षेत्र नम्बर १ मा रामदेव

बीपी विचार समाज तनहुँको क्षेत्रीय समितिले पूर्णता पाएको छ । दमौलीमा सोमबार सम्पन्न भेलाले रामदेव पन्थलाई सभापतिमा चयन गरेको छ । यसैगरी भेलाले उप सभापतिमा भीमकुमार श्रेष्ठ, सचिवमा राजु बानियाँ तथा कोषाध्यक्षमा इन्कन खनाल चयन भएका छन् ।
भेलाले सदस्यहरुमा बाबुराम श्रेष्ठ, सुनाराम गुरुङ, पञ्चबहादुर गुरुङ, कुलबहादुर गुरुङ, मौलादिन शेख, विमल भट्टराई, सुनिल श्रेष्ठ र कृष्णराज वाग्ले चयन भएका छन् । यसैगरी सूर्यप्रसाद ढकाल, नारायणप्रसाद न्यौपाने, बाबुराम क्षेत्री, इन्द्रबहादुर थापा, हरिबहादुर खड्का, भगवती न्यौपाने तथा रामजी तिमल्सेना सदस्य चयन भएका छन् । भेलाबाट संस्थाका सल्लाहकारमा चुननारायण श्रेष्ठ चयन भएका छन् ।
भेलामा नेपाली कांग्रेस तनहुँका पूर्व सह सचिव परशुराम गिरी, बीपी विचार समाज तनहुँका सचिव हरिशरण पण्डित तथा कोषाध्यक्ष चिनु पोख्रेललगायतले समाजको नीति तथा निर्देशनका बारेमा जानकारी गराएका थिए । 
समाजले जिल्लाका सबैजसो स्थानीय तहमा संगठन विस्तार गर्ने नीति लिएको जिल्ला सचिव पण्डितले बताए ।