ताप्लेजुङका व्यापारीलाई दमौलीमा स्वागत

तनहुँ उद्योग वाणिज्य संघले ताप्लेजुङका उद्योगीलाई स्वागत गरेको छ । ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेको नेतृत्वमा आएको २५ सदस्यीय अध्ययन अवलोकन भ्रमण टोलीलाई तनहुँ संघका अध्यक्ष मानकाजी श्रेष्ठको अध्यक्षतामा स्वागत गरिएको हो ।
सो अवसरमा तनहँु उद्योग वाणिज्य संघ र ताप्लेजुङ उद्योग वाणिज्य संघद्धारा सञ्चालित गतिविधि एवं दुई संघबिच सहाकार्यका सम्भावित क्षेत्रहरुको बारेमा ब्यापक छलफल भएको संघले जनाएको छ । कार्यक्रममा  संघका महासचिव ईमकुमार मल्ल, कोषाध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, ताप्लेजुङ उद्योग वाणिज्य संघका पदाधिकारी, दुबै संघका कार्यसमिति सदस्यहरु ताप्लेजुङको प्रसिद्ध बाली अलैचीका व्यवसायी, अलैची कृषक, सञ्चारकर्मी एवं अन्य उद्योगी व्यवसायीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले दुई संघबीच आगामी दिनमा व्यवसायी सम्बन्ध अझ विस्तार हुने विस्वास व्यक्त गरे । उक्त कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका सदस्य सुरेश पुरीले पनि आफ्नो शुभकामना मन्तब्य राखेको थिए भने दुबै संघका व्यवसायीहरुद्धारा प्रस्तुत जिज्ञासाको समाधान तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ र ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले दिएको जानकारी संघका कार्यकारी सचिव विश्वेश्वर तिमल्सेनाले दिए ।