हिन्दुको कार्यक्रममा विदेशी

 व्यास ३ स्थित व्यास ग’फा क्षेत्रमा सञ्चालित विश्व ओमकार परिवारको हिन्द’ महामिलन पर्वमा विदेशी नागरिकसमेत सहभागी भएका छन् । वेद अनुयायी प्रतिष्ठानको आयोजनामा कार्तिक महिनाभरका लागि सञ्चालित विश्वका हिन्दुको महामिलन पर्वमा विदेशी नागरिकसमेतको सहभागीता छ । देश मात्र नभएर विदेशका विभिन्न भागबाट विदेशी हिन्द’ तथा हिन्द’ धर्ममा स’भेच्छा राख्नेहरुको सहभागीता रहने गरेको व्यास पराशर अन्न क्षेत्रका संरक्षक दामोदर बाबाले बताए ।
खासगरी भारतबाट हिन्द’ धर्मका साधुहरु कार्यक्रममा सहभागी रहने गरेको बाबाले बताए ।  उनले देश विदेशमा रहेका सबै भक्त जनहरु लाई निमन्त्रणा पठाउन नसके पनि विदेशी भक्तजनहरु प्रति दिन आइराखेको बताए । उनले कार्यक्रमको उद्देश्य विश्वका सम्पुर्ण ओमकार परिवारलाई एउटै सूत्रमा बाँधी मानवीय भेदभाव, हत्या हिंसा, कुविचारहरुको परित्याग गर्ने उद्देश्य रहेको बताए ।
म्हामिलन पर्वमा नेपाल महर्षि बैदिक फाउण्डेशन नेपालका अध्यक्ष दिपकप्रकाश वाँस्कोटा, एमियाका अन्र्तराष्ट्रिय निर्देशक राजा किङस्ली, जर्मनीको आयुर्वेद विज्ञ लोथार प्रिस, आयर ल्याण्डका वकिल टममोरी पर्ति लगायत विदेशी नागरिकसमेत आएका थिए ।