मृगौला फेल भएका परियारलाई युएईबाट एक लाख

 दुवै मृगौला फेल भएका भानु नगरपालिका ७ निवासी प्रकाश परियारको मृगौला प्रत्यारोपणका लागि युएईवासी तनहुँगेले एक लाख पाँच रुपैयाँ सहयोग गरेका छन् । तनहुँ सेवा समाज युएईमा आवद्ध नेपालीहरुको सक्रियतामा युएईमा सहयोग संकलन थालिएको थियो । संकलित सहयोग रकम हालै परियारको परिवारलाई हस्तान्तरण गरिएको छ । एबीसी टेलिभिजनको मनोरञ्जनात्मक कार्यक्रम इन्द्रेणीमार्फत परियारका परिवारलाई सहयोग हस्तान्तरण गरिएको समाजका सल्लाहकार एवं सहयोगक अभियानका संयोजक श्रीकृष्ण आचार्यले बताए । 
परियारको परिवारले थप रकम जुटाएर प्रकाशको मृगौला प्रत्यारोपण गर्ने लक्ष्य राखेको छ । अन्य सुभेच्छुकबाट समेत परिवारले सहयोगको अपेक्षा गरेको छ । आचार्यले युएईजस्तै अन्यत्रबाट पनि परियारको उपचारमा सहयोग भएमा उपचार सम्भव हुने अपेक्षा गरेको ब
ताए । परियार दुई वर्ष युएईमा काम गरेर नेपाल फर्किएपछि भारतमा पुन कामका लागि गएका थिए । तर हालै उनको दुवै मृगौला फेल भएको थाहा पाएपछि उनी राजधानीमा नियमित डायलसिस गराइरहेका छन् । 
हालै गठित समाजले तनहुँवासीको समस्या समाधानमा सघाउँदै आएको छ । यही अभियानअन्र्तगत सहयोग शंकलन कार्यक्रम गरिएको आचार्यले बताए ।