लायन्सको क्याबिनेट बैठक दमौलीमा

 लायन्स क्लबको डिस्ट्रिक्ट ३१५ बी १ नेपालमा आवद्ध देशैभरका सदस्यहरु मंसीर ७ र ८ गते दमौलीमा भेला हुने भएका छन् । डिष्ट्रिक्टमा आवद्ध झण्डै साढे तीन सय क्लबका मुख्य पदाधिकारी तथा डिष्ट्रिक्टका पदाधिकारीहरुबीच हुने क्याबिनेट बैठकले आगामी वर्षभरका लागि क्लबले सञ्चालन गर्ने गतिविधिबारे आवश्यक निर्णय लिनेछ ।
दमौलीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा डिष्ट्रिक्ट गर्भनर अशोककुमार श्रेष्ठले तनहुँको बैठकका क्रममा व्यास क्षेत्रको प्रचारप्रसार तथा लायनवादका बारेमा प्रचारसमेत गरिने बताए । बैठकमा झण्डै साढे दुई हजार लायनकर्मी सहभागी हुने आयोजकको अनुमान छ । व्यास र आसपासका क्षेत्रको प्रचार गर्दै पर्यटकीय प्रवद्र्धनका लागि बैठकले योगदान दिने अपेक्षा गरिएको उनले बताए । दमौलीका लायन्स क्लबहरु कार्यक्रम लायन्स क्लब अफ तनहुँ, लायन्स क्लब अफ तनहुँ व्यास सिटी, लायन्स क्लब अफ तनहुँ भानुभक्त, लायन्स क्लव अफ तनहुँ सत्यवती र लायन्स क्लब अफ तनहुँ दमौलीको आयोजनामा हुने बैठकमा विभिन्न संघ संस्थाबाट सहयोग हुने कार्यक्रममा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा क्लबका क्याबिनेट टे«जरर माधवबहादुर पन्थ तथा लायन्स क्लब अफ तनहुँ सत्यवतीकी प्रथम उपाध्यक्ष अन्जना तिमल्सेनाले समेत कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।