जति ठुलो संघर्ष त्यति ठुलो सफलता

ओलम्पिक स्वर्ण पदक बिजेता विल्मा रुडोल्फले भनेकी छन्,‘संघर्ष बिनाको पुरस्कारको त्यति महत्व हुंदैन । ढुंगे युगदेखी आजको वैज्ञानिक युगसम्म आईपुग्नका लागि मानिसले ठुलो संघर्ष गरेका छन् । संघर्षबिना कुनै पनि सफलता र परिवर्तन सम्भव छैन । मानिसको शारिरिक परिवर्तनमा पनि संघर्ष आवश्यक हुन्छ चाहे त्यो सामान्य प्राकृतिक परिवर्तन वा अप्राकृतिक परिवर्तन नै किन नहोस् ।’
कुनै मानिस कठिन परिस्थितीसंग संघर्ष गर्न डराएर बिग्रिन्छन् भने कुनै मानिस कठिन परिस्थितसंग डटेर सामना गरी निख्रिन्छन् । संघर्ष गर्न डराउने व्यक्तिहरु समाजमा बिचराको पात्र हुन्छन् भने संघर्ष गर्ने ब्यक्ति समाजमा उदाहरणीय प्रिय पात्र बन्छन् । हिन्दीमा एउटा कबिता छ, ‘पत्थर चोट खाके कंकड कंकडहो गया, एक पत्थर चोट सहेके शंकर शंकर हो गया ।’
दुईवटाढुंगाहरु 
( भगवानको मूर्तिवालाढुंगा र मन्दिर जाने बाटोको सिंढीको ढुंगा ) कुराकानी गरिरहेका थिए । कुराकानीमा सिंढीवाला ढुंगाले मूर्तिवाला ढुंगासंग रुंदै आफूलाई मानिसले हेला गरेको कुरा सुनाउंदै भन्दैथ्यो,‘यार साथी तिमी र म एउटै जातको, एउटै कुलको र एउटै खानीबाट एकैदिन निकालिएको हो । तर तिमीलाई मानिसहरुले श्रद्धा गरेर  पूजा गर्छन, दुध चढाउंछन्, ढोग्छन् तर मलाई लात्तीले हानेर हिंड्छन्, थुक्छन् । हामी दुईमा यत्रो भेदभाव किन?
सिंढीवाला ढुंगाको कुरा सुनेर मूर्तिवाला ढुंगाले भन्यो,‘हेर साथी, हामी एउटै खानीबाट एकैदिन निकालेर मूर्तिकारले दुबैलाई मूर्ति बनाउन लागेकै हो । मूर्तिकारले मूर्ति बनाउन तिमीमाथि छिनो बर्साउंदा छिनोको पिडा सहन नसकी तिमी फूटिदियौ तर, म त्यो छिनोको पिडा सहेर बसिरहें ।मूर्ति बनाउने क्रममा मैले छिनोको हानेको पिडा सहिरहें । मूर्तिको आकार मिलाउनको लागि धेरै ठांउमा 
काटियो । यसरी काट्दा मलाई यति दुख्थ्यो कि भन्दा पनि आंङ सिरिङ्ग हुन्छ । त्यसपछि पनि मूर्तिलाई चिल्लो बनाउनका लागि म माथि खाग्सि रगड्दा पुरा खालो गएर कति तडपिन्थें कति। भर्खरै रगडेर चिल्लो बनाएको त्यो आलो घाउमा अझ आकर्षक बनाउनको लागि विभिन्न प्रकारका रंगहरु दल्दा घाउले झनै पोल्दा कति मूर्छा परें कति तैपनि एक दिन आफू राम्रो हुने आशमा पिडालाई सहेरै बसिरहें र त्यही पिडा सहेको पुरस्कार स्वरुप अहिले मलाई मूर्ति बनाईदिए रमलाई पुजा गर्छन्, दुध चढाउंछन, ढोग्छन् तर, पिडा सहन नसकि मूर्ति बन्नबाट पछाडी हटेको कारणले मानिसले तिमीलाई उनीहरु हिंड्ने भुईमा बिछ्याईदिए र अहिले तिमीलाई लात हान्छन्, 
थुक्छन् । थिंक एण्ड ग्रो रिच पुस्तकका विश्वविख्यात लेखक नेपोलियन िहलले भनेका छन्,‘सक्षमता र सफलता निरन्तर मेहनत र संघर्षबाट प्राप्त 
हुन्छ ।’ यस संसारमा सफल व्यक्तिहरुको जिवनी अध्ययन गर्ने हो भने उनीहरु सफल हुनुमा निरन्तर मेहनत र कडा संघर्षको मुख्य भूमिका रहेको पाइन्छ । आईपर्ने समस्यासंग संघर्ष नगरी सफलता प्राप्त गर्नु सम्भव 
छैन । मानिसमा मात्र होईन यो संसारमा सबै बस्तुहरुमा समस्या आउँछ र उनिहरुले उक्त समस्यासंग संघर्ष गर्नैपर्छ । सूर्यलाई पनि ग्रहण लाग्छ, तर ग्रहण लाग्यो भन्दैमा सूर्यले प्रकाशदिन छोड्दैन । सूर्यलाई बादलले पनि छेकिदिन्छ तै पनि यसले प्रकाश दिन भने छोड्दैन र बादलमाथि विजय प्राप्त गरेरै छाड्छ ।  चन्द्रमामा पनि दाग हुन्छ, घट्छ पनि तै पनि यसले बिस्तारै आफ्नो आकारमा आंउछ, अकार सानो भयो भन्दैमा यो चम्कन छोड्दैन । सबै मानिसलाई जिन्दगीमा समस्या आंउछ । जिवनमा कुनै पनि समस्या भोग्नु नपर्ने कुनै पनि मानिस 
हुंदैन । जुन व्यक्तिले समस्यासंग जुधेर संघर्ष गर्न सक्छ त्यो मानिस सफल हुन्छ भने समस्यासंग डराएर संघर्षबाट टाढा भाग्छ, उसले असफलता भोग्नु पर्छ ।
सफलता एकैपटक आंउदैन । सफलता प्राप्त गर्नको लागि गरिने कार्यहरुमा विभिन्न बाधा तथा अड्चनहरुसंग डटेर संघर्ष गर्नुपर्छ । भनिन्छ एक तोला सुन निकाल्नको लागि कैंयौ टन माटो खन्नुपर्छ । यो संसारको नियमले पनि यस्तै भन्छ, जुनचिज सजिलै पांईदैन अर्थात जुनचिजदुर्लभ हुन्छ त्यो चिज प्राप्त गर्नको लागि बढि मेहनत अर्थात बढि संघर्ष गर्नुपर्छ ।
एकजना किसान आफूले मेहनत गरेर लगाएको बालीलाई ठुलो हावा हुरी आएर ढालेर नोक्शान पु¥याएकोले भगवानको ध्यान गर्न थाल्यो । किसानको ध्यानबाट प्रसन्न भई भगवानले किसानलाई बरदान माग भन्नुभयो । किसानले भगवानलाई भन्यो,‘हे भगवान, मैले यति धेरै मेहनत गरेर बाली लगांउछु तर ठुलो हावा हुरी आएर बालीलाई नोक्शान पु¥याईदिन्छ । कृपया मैले लगाएको बालीलाई आवश्यक पर्ने हावाहुरी म आफैले दिने शक्ति प्रदान गरिदिनुभयो भने मैले बालीबाट ठुलो मात्रामा उब्जाउ गरी लाभ लिन सक्ने थिएं ।’ भगवानले तथास्थतु 
भन्नुभयो । 
बरदान पाएपछि किसानले बाली लगाउन थाल्यो र बालीलाई एकदमै स्याहरसुसार गरेर बालीलाई थोरै थोरै मात्र हावा दिन थाल्यो ताकि, बाली नढलोस् । एवं रितले दिन बित्दै गयो र बालीले फलदिने बेला हुन थाल्यो तर धेरै बालीमाफूलफूल्दै फूलेन र कुनै फूलफूलेको बाली पनि भांच्चिन 
थाल्यो । बालीको  यस्तो अवस्था देखेपछि किसानले फेरी भगवानलाई पुकार्यो र भगवान पनि उपस्थित हुनुभई किसानको सबै कुरा सुन्नुभयो । किसानको कुरा सुनेपछि भगवानले भन्नुभयो,‘तिमीलाई मैले बालीलाई आवश्यक हावाहुरी दिनसक्ने शक्ति त प्रदान गरें तर तिमिले बालीलाई अति माया गरेर ढल्लाकी भनेर निक्कै कम मात्रामा हावा दियौ बालीलाई मज्जाले हल्लाउन सक्ने हुरी भने दिएनछौं । बाली फूल्न र फल्नको लागि ठुलो हुरीको आवश्यक थियो । ठुलो हुरी आएको भए हुरीबाट बच्नको लागि उसले आफ्ने जरा राम्रोसंग फैलाउंथ्यो र आफूलाई मजबुत बनाउन सक्थ्यो साथै हुरीले फूलहरुलाई एउटा बोटबाट अर्काेबोटसम्म उडाएर लैजान्थ्यो र जसको कारणले धेरै फलहरु उत्पादनगर्न सक्थ्यो । 
थोरै हावामात्र दिएको कारणले धेरै बोटले फल उब्जाउन सकेन र जसले उब्जाउ नखोज्यो त्यसको बोट नै कमजोर भएको कारणले भांच्चियो ।’ भगवानको कुरा सुनेर किसानले आफ्नो गल्ति महशुस् गरी बरदानफिर्ता माग्यो ।
किसानको कथाबाट भविष्यमा सफलताको स्वाद चाख्नुछ भने बर्तमानमा पिडा सहनुपर्छ भन्ने शिक्षापाईन्छ । वास्तवमा धेरै आमाबुवाहरुले आफ्ना बच्चाहरुलाई किसानले बालीलाई मांया गरेजस्तै गरी पाल्छन् र उनिहरुलाई संघर्षको शिक्षाबाट टाढा नै राख्छन् । 
विनोद चौद्यरीले आफ्नो आत्मकथामा छोरा निर्वाण चौद्यरीलाई ६ बर्षको सानै उमेरमाभारतको देहरादुन स्थित वेलह्याम्सहोष्टलमा राखिदिएको प्रसंग उल्लेख गरेका 
छन् ।  बास्तवमा एउटा अर्बपतिबुवाको यो साहसिक निर्णय थियो ।  ६ बर्षको निर्वाणले पापा....., मम्मीलाई तपांईहरुसंगै राख्नुस् भनेर चिच्यांउदा एउटा पिताको मनमा माया ममता भए तापनि छोराको भविष्यको लागि उसलाई संघर्ष गरी मजबुत बनाउनका, संसारको वातावरणको लागि, आफूलाई आत्मनिर्भर हुन सिकाउनको लागि, संसारभरका व्यक्तिहरुसंगको सम्पर्क निकट बनाउनको लागि परिवारबाट टाढा राख्ने कठोर निर्णय लिएका थिए । बिनोद चौधरीको उक्त कठोर निर्णयको फलस्वरुपनिर्वाणले आज चौधरी ग्रुपको प्रवन्ध सञ्चालकको जिम्मेवारी सम्हाली पिता विनोद चौधरीको ब्यवसायलाई उकास्न महत्वपूर्ण भूमिकानिर्वाह गरिरहेका छन् ।
डिजिटलको जमाना आउनुभन्दा पहिला फोटोलाई नेगेटिभ रोलमा कैद गरिन्थ्यो र अंध्यारो कोठामा धुलाएर फोटो निकालिन्थ्यो । जिन्दगी पनि त्यही नेगेटिभ रोलबाट धुलाएर निकाल्ने फोटो जस्तो हो जसलाई अंध्यारो अर्थात समस्याबाट पार गर्दै गर्दै अगाडी बढ्नुपर्छ । बच्चाले दुदे दांतझर्ने बेलामा ठुलो पिडा पांउछ तर त्यो पिडा सहेपछि केहि दिनपछि त्यो भन्दा बढि मजबुतदांतउम्रन थाल्छ ।सामान्यमानिसहरु भगवानसंग प्रार्थना गर्दा मेरो जिवनमा केहि समस्या नआओस् भनेर माग्छन् भने महान तथा सफल मानिसहरु मलाई समस्यासंग जुध्ने अर्थात संघर्ष गर्ने साहस दिनुहोस् भनेर माग्छन् । समस्या नआओस् भनेर माग्ने पनि होईन, संघर्ष नगरी भाग्ने पनि होईन् । समस्यासंग सामना गरौं । सामनागर्ने साहसको लागि कामना गरौं । संघर्ष गर्न छोडे असफलता प्राप्त गर्छ भने, जति ठुलो संघर्ष गर्नसक्छ, त्यति नै ठुलो सफलता प्राप्त गर्छ । जति ठुलो संघर्ष, त्यति नै ठुलो सफलता ।
लेखक ःबुद्धि मल्ल, ओम डेभलपमेन्ट बैंक लिमिटेडका नायवप्रमुखकार्यकारी अधिकृत हुन् ।