जेसिआई व्यास नगरमा रमेश गिरी ‘युवाको क्षमता विकास र नेतृत्वका लागि नया“ कार्यक्रम ल्याउ“छु’

 युवाहरुको संस्था जेसिआई व्यास नगरको अध्यक्षमा रमेश गिरी सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न २४ औं शाखा अधिवेशनले वर्ष २०१९ को कार्यकालका लागि गिरीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो । अधिवेशनबाट कार्यकारी उपाध्यक्षमा कृष्ण सुनार र भुपाल आले  चयन भएका छन् ।
अधिवेशनबाट उपाध्यक्ष सोमबहादुर नेपाली, अजर नागिला, बिरेन्द्र नराल र युवराज भण्डारी चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष गिरीले महासचिवमा कर्ण गुरुङ, कानुनी सल्लाहकारमा सुमित ढुंगाना र कोषाध्यक्षमा फणिन्द्र घिमिरेलाई मनोनयन गरेका छन् । नवनिर्वाचित अध्यक्ष गिरीले युवाहरुको क्षमता विकास र नेतृत्वका लागि नयाँ योजना लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । 
यसअघि अध्यक्षका लागि पाँचजना दाबेदार भए पनि सबैले गिरीलाई सहमति दिएपछि उनको कार्यकाल सर्वसम्मत भएको हो । विगतमा केही कार्यकालका लागि भने मतदान भएको थियो । तर यसपल्ट पुराना र अनुभवी गिरीको नाममा सबैबीच सहमति जुटेको हो । नेतृत्वका लागि दीपक थापा, शेषराज श्रेष्ठ, भरतकुमार श्रेष्ठ र नविन पुरीलेसमेत उम्मेदवारी दिएका 
थिए ।यसअघि अधिवेशनको उद्घाटनका क्रममा गण्डकी प्रदेश सभाका सदस्य डोबाटे विकले जेसिजको नेतृत्व क्षमता र असल संस्कारबाट प्रभावित भएको बताए । उनले जेसिजले समाजमा देखिएको लागूऔषध दुव्र्यसनको कुलत हटाउनका लागि युवालाई संस्थामा समावेश गराउन सुझाव दिए । 
निवर्तमान अध्यक्ष पविन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामलाल श्रेष्ठ, पूर्व अध्यक्षहरु गणेशचन्द्र बस्नेत, श्रीकृष्ण बिजुक्छे, रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोषकुमार श्रेष्ठलगायतले बोलेका थिए । कार्यक्रममा कार्यकारी उपाध्यक्ष राजु राना, महासचिव इन्द्रलाल श्रेष्ठ, कोषाध्यक्ष नविन पुरी तथा उपाध्यक्षहरुको प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।