व्यासभूमि चिनाउन व्यापारीको भूमिका

महर्षि वेदव्यासको तपोभूमि व्यास नगर दमौलीमा पछिल्ला केही समययता भैरहेका ठूला धार्मिक तथा सामाजिक क्रियाकलापले यस भूमिको पहिचानमा थोरबहुत मद्दत मिलेको छ । व्यास क्षेत्रमा सञ्चालित १८ महिने अखण्डकीर्तनलाई यसका लागि एक कोशेढुंगा पनि भन्न सकिन्छ । धार्मिक चहलपहलको वृद्धिबाट मात्र यस  क्षेत्रले पहिचान बढाउन सक्दछ भन्ने कुरा निश्चित भैसकेको छ । सोही कार्यक्रमका अवसरमा ठाउँ ठाउँबाट अखण्डकीर्तनमा बढेको सहभागीताले नै धेरैले अकल्पनीय मानेको पुण्य कार्य सफल भएको छ । त्यसैको बलमा भारतका धार्मिक विद्वानहरुले यस ठाउँ चिन्ने अवसर पाए । अखण्डकीर्तन सकिएलगत्तै आयोजना गरिएको हिन्दु महामिलन पर्वले पनि थोरबहुत व्यासभूमि चिनाउने काममा योगदान गरेको छ । यसैगरी व्यास क्षेत्रमा जेसिज, लायन्स लगायतका संस्थाहरुले गर्ने ठूलास्तरका कार्यक्रमले पनि यस क्षेत्रलाई चिनाउन मद्दत गरिरहेको छ । बजारको व्यापारको क्षेत्र साँघुरो भैरहेका बेला अब यस ठाउँको व्यापार बढाउन र अर्थतन्त्रमा योगदानका लागि तत्काल व्यास क्षेत्रको शक्ति र प्रभावलाई भजाउनु एक उयुक्त विकल्प हुन सक्दछ । बजारको व्यापारजगतले पनि यसतर्फ ध्यान दिइहाल्नु जरुरी छ । बजारको व्यापार बढाउने उपाय नै यही हो । यसका लागि बजारका प्रबुद्ध वर्गहरुले बेलैमा सोच्नु जरुरी छ । अन्यथा दमौलीको व्यापारको घट्दो गतिलाई कसैले 
रोक्न सक्दैन ।