बसाहस्थानमा विद्युतीय हाजिरी

 व्यास ९ को बसाहास्थान माविमा विद्युतीय हाजिरी शुरु गरिएको छ । व्यास नगरपालिकाको सहयोगमा विद्यालयका शिक्षक शिक्षिकाको हाजिरी रेकर्ड विद्युतीय हाजिरीबाटै गर्ने व्यवस्था गरिएको प्रधानाध्यापक कृष्णभक्त तिवारीले बताए । हाजिरीको व्यास नगर कार्यपालिका सदस्य सुनसरी गुरुङको उपस्थितीमा शुरुवात गरिएको हो ।
विद्यालयले मंगलबारबाट यो सेवा थालेको हो । पहिलो दिन सबै शिक्षकको समयमै उपस्थिती भएको पाइएको शिक्षक तेजबहादुर गुरुङले बताए । विद्यालयले विद्यार्थीहरु निजी लगानीका विद्यालयमा आकर्षित हुन थालेसँगै शिक्षामा सुधार गर्ने घोषणा गरेको 
थियो । यसैअन्र्तगत हाजिरी पनि विद्युतीय बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश गुरुङले बताए । यसैबीच, विद्यालयले विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षण पनि थालेको जनाएको छ । विद्यालय पाठ्यक्रममा रहेको पेशा व्यवसाय शिक्षाको पठनपाठन प्रशिक्षकमार्फत नै गराइएको शिक्षक गुरुङले बताए । 
कक्षा ६ देखि ८ सम्मका लागि पढाइने सो विषयअन्र्तगत अगरबत्ती निर्माणका लागि विज्ञ प्रशिक्षकबाट तालिम पदान गरिएको उनले बताए । स्थानीय अभिभावक तथा विद्यार्थी गरी तालिममा ६८ जनाको सहभागीता 
छ ।
तालिममा प्रशिक्षक तुलसी साहले प्रशिक्षण दिइरहेका 
छन् । प्रयोगात्मक सीपबाट विद्यार्थी आफै व्यवसायका लागि सक्षम हुन् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।