सत्यवतीमा पद स्थापना

 दमौली स्थित सत्यवती माध्यमिक विद्यालयको प्रधानाध्यापकमा पुनः इन्द्रप्रसाद पौडेल छनौट भएसंगै सहायक प्रअहरुको समेत चयन गरिएको छ । 
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख अतिथ्यता एवं वडा नं २ का अध्यक्ष काशिराम श्रेष्ठको विशेष उपस्थितिमा सोमबार पदस्थापना कार्यक्रम सम्पन्न भएको छ  । विद्यालयको सहायक प्रअमा शिक्षक अशोक गिरी र अनिलश्रेष्ठ चयन भएका छन् । नवनियुक्त कार्यक्रममा प्रधानाध्यापक इन्द्रप्रसाद पौडेललाई वडा अध्यक्ष श्रेष्ठले टिका तथा नगर प्रमुख न्यौपानेले माला लगाई शुभकामना प्रदान गरेका थिए । 
त्यसै गरि सहायक प्रअहरुद्धय श्रेष्ठ र गिरीलाई प्रअ पौडेलले पदस्थापना गराएका थिए ।  शि.अ.संघका  अध्यक्ष रामचन्द्र सापकोटा, पूर्व सहायक प्रअ राजेन्द्रप्रसाद खनाल, वरिष्ठ शिक्षक एक बहादुर गुरुङ्ग, विव्यस सदस्यहरु सन्तमानश्रेष्ठ, विनु श्रेष्ठ, शुरेस वाग्ले, जगत बहादुर वानिया, शिअसंघ सदस्यहरु कल्पना पाण्डे, राममाया रम्तेल, सिताभुजेल लगायतले बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । साथै नव नियुक्त प्रअ तथा सहायक प्रअहरुले आ–आफ्ना प्रतिबद्धता व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारीेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको  शिक्षक रुक्मणि पौडेलले पनि बोलेका थिए  ।