अधिकृत विक्रेता संघमा लिलबहादुर

 अधिकृत विक्रेता संघ तनहँुको ५ औ साधारण सभा तथा तेश्रो अधिवेशन दमौली सम्पन्न भएको छ । नेपाल वितरक महासंघका निर्वतमान अध्यक्ष गोबिन्ध कर्मार्चायको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न  भएको हो । अधिवेशनबाट सर्वसम्मत रुपमा  अध्यक्षमा लिल बहादुर थापा चयन भएका छन् । संघको प्रथम उपाध्यक्षमा हरि खड्का, द्धितिय उपाध्यक्षमा सरोज भण्डारी, सचिवमा हर्षमान श्रेष्ठ, 
सह–सचिवमा केदार अधिकारी, कोषध्यक्षमा लालप्रसाद प्रधान चयन भएका छन् । सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, चन्दन श्रेष्ठ, सुजन श्रेष्ठ, बन्धुराज पराजुली, मोतिलाल श्रेष्ठ र राजाराम शर्मा चयन भएका छन् । यसअघि कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि कर्मार्चायले  ‘तनहँुमा रहेका विभिन्न वस्तुहरुको बिक्रेता  तथा डिलरहरु एक आपसमा मिलेर काम गर्नुपर्ने  बताए ।  
भ्याट तथा कर तिर्नमा सबै व्यापारीले जोड दिनु पर्ने र बिलहरु पारदर्शी बनाउनु पर्नेमा उनले सबैमा ध्यानाकर्षण  गराए । वर्तमान कार्यकारी सदस्यहरुलाई उनले बधाई ज्ञापन गरे । अधिकृत विक्रेता संघ तनहँुका अध्यक्ष मनोज अधिकारीको सभापत्विमा सम्पन्न कार्यक्रममा  नेपाल वितरक महासंघका प्रथम उपाध्यक्ष सुरेश अधिकारी, महासचिव हरिराज पन्थ, वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठ लगायतले बोलेका थिए ।