तीन सय ३६ लाई एआरटी

 तनहुँका तीन सय ३६ एचआइभी संक्रमितले एन्टी रेटूो भाइरल थेरापीको सेवा पाएका छन् । 
दमौली अस्पतालबाट जिल्लाभरका एचआईभी संक्रमित व्यक्तिहरुलाई निःशुल्क सेवा प्रदान गर्ने गरिएको छ । जिल्ला एड्स समन्वय समितिले यस सेवाका लागि संयोजन गर्दै आएको छ । सेवा लिनेमध्ये एक सय ६३ जना पुरुष र एक सय ५७ जना महिला रहेको केन्द्रकी ईञ्चार्ज सुस्मिला खनालले बताईन् ।
केन्द्रबाट औषधीको सेवा लिनेमा १४ वर्ष भन्दा मुनिका ३५ जना बालबालिका पनि छन् । रोजगारीका लागि विदेश जाने युवा र समलिंगी समुदायका एचआईभी संक्रमित बढी देखिएको केन्द्रको तथ्यांक छ । खुलेर आउँदा दुव्र्यवहार हुने त्रासका कारण अझै पनि कतिपयले सेवा लिन सकेका छैनन् । कतिपय भने खुलेर नै समाजमा आएका छन् । नेपालमा पहिलोपटक एचआईभी. सन् १९८८ मा देखिएको हो ।  विस्तारै यो समस्या फैलिने क्रम बढ्दै गएकोले जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने डर अझै छ ।  मूलतः असुरक्षित यौन सम्पर्क र लागूऔषध प्रयोग गर्ने समूहमा यो समस्या बढी देखिएको  छ ।
यो नराम्रो आचरण र व्यवहारले गर्दा सर्छ भन्ने सामाजिक मूल्य र मान्यताले सङ्क्रमित व्यक्ति र परिवारमा विभेदको पीडा थपिएको छ ।  यो अन्य रोगजस्तै सामान्य समस्याको रूपमा नलिने कारणले गर्दा समयमै परामर्श र उपचार गर्ने चलन छैन। सामाजिक र मनोवैज्ञानिक कारणले गर्दा सकेसम्म समस्यालाई लुकाउने परम्पराले यो महामारीकै रूपमा बढ्न नसक्ला भन्ने देखिन्न ।  एड्सको सामाजिक आयामको समीक्षा गर्दा गरिबी, अशिक्षा, बसाइसराइ, बेरोजगारी र कमजोर स्वास्थ्य प्रणालीले यो समस्या बढेको छ  ।  हाल विश्वव्यापी रूपमा एड्सको बारेमा व्यापक प्रचार(प्रसार र रोकथामका निरन्तर प्रयासले गर्दा अहिले एचआईभी संक्रमण केही हदसम्म नियन्त्रणमा आएको छ ।  यी प्रयासहरूलाई अझै प्रभावकारी बनाउन बहुक्षेत्रीय समन्वय अपरिहार्य 
बन्दैछ ।