पर्यटक बस पल्ट“दा १० घाइते

 म्याग्दे गाउँपालिका ४ भुलभुलेस्थित पृथ्वी राजमार्गमा पर्यटक बस दुर्घटनामा पर्दा दुई कोरियन नागरिकसहित १० जना घाइते भएका छन् ।  चितवनबाट पोखरातर्फ जाँदै गरेको बा १ प १०४६  नम्बरको पर्यटक बस बिपरित फरक दिशाबाट आइरहेको  सवारीलाई साइड दिने क्रममा सडक भासिंदा पल्टिएको थियो । 
दुर्घटनामा परी घाइते हुनेहरुमा  कोरियन नागरिक ६२ वर्षका ईन्चोल पार्क र ६० वर्षिय हियोन स्कोलेन छन् । उनीहरुको  अवस्था खतरामुक्त रहेको टूाफिक प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीले 
बताए । दुर्घटनामा परी अन्य घाइतेहरु अधिकांश चितवनका छन् । 
घाइतेहरुको जीपी कोईराला स्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचार भैरहेको छ । बसमा ३५ जना सवार थिए । पछिल्लो समय तनहुँमा सडक दुर्घटनाको संख्यामा वृद्धि भैरहेको 
छ । दुर्घटना नियन्त्रणका लागि थप सतर्कताका उपायहरु ऋपनाउन थालिएको टूाफिक प्रमुख अधिकारीले बताए । राजमार्गमा टूाफिकले चेकजाँचमा कडाई गर्न थालेको छ ।