पुननिर्माणको प्रगतिमा जनप्रतिनिधिको असन्तुष्टि

          सविन लामिछाने
 भुकम्प गएको ३ वर्ष बढी भएता पनि तनहँुमा भूकम्पबाट क्षति भएका घरहरुले निर्माण हुन सकेको छैन । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना  कार्यान्वयन ईकाइ तनहँुको आयोजनामा निजी आवास पुर्ननिर्माणको प्रगति अवस्था र गुनासो सम्बन्धी छलफल कार्यक्रममा व्यास नगरको उप–प्रमुख मिरा जोशीले सबै भवनहरु भुकम्प प्रतिरोधात्मक निर्माण गर्नु पर्ने तथा यस कार्यमा पुन निर्माणले र व्यक्तिहरुले जोड दिनुपर्ने बताईन् । प्राधिकरणले निरिक्षण गर्नु पर्ने आवासहरु वडा कार्यालयका जनप्रतिनिधिहरुलाई निरीक्षण गर्न लगाएको जनप्रतिनिधिहरुले जनाएका छन् । प्राधिकरणले पुनः निर्माण कार्यमा छुटाएको घरहरुले वडा कार्यालयलाई स्थानीयले दोष लगाएको व्यास ५ वडा अध्यक्ष एवं व्यास नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । व्यास १४ का वडा अध्यक्ष काजीमान श्रेष्ठले सामान्य क्षती भएका लाभदायक भएका तर ठुलो क्षति भएकाहरुले कत्ति पनि सेवा नपाएको बताए ।
काम सकिए पनि मूल्यांकनका लागि प्राविधिक समयमा नआउने र कागजी झण्झटले समस्या परेको जस्तो गुनासो वडामा आउने गरेको वडा अध्यक्षहरुले बताएका 
छन् । हाल सम्म छ सय जनाको घर पुनः निर्माण कार्यमा छुटेको प्राधिकरणले जनाएको छ । तनहुँका भूकम्प प्रभावित नागरिकले पुननिर्माणका लागि सरकारबाट एक अर्ब ५१ करोड ७ लाख  ५० हजार रुपैयाँ बुझेका छन् । कार्यालयले चालु आर्थिक वर्षमा मात्र मंसीर तेश्रो सातासम्म मात्र ४९ करोड  ३१ लाख ५० हजार रुपैयाँ वितरण गरेको छ । चालु आर्थिक वर्षमै १२ घरधुरीले सबलीकरणका लागि ६ लाख रुपैयाँ अनुदान लगेकाको आयोजकले जनाएका छन् । हाल सम्म प्राधिकरणले तनहँुका ९ वटा तहहरुमा गई निजी आवासको गुनासो समेटिरहेको जिल्ला कार्यान्वय ईकाईका दिपेन्द्रकुमार रोहिताले 
बताए । अन्य पुनः निर्माणमा भन्दा निजी आवासमा समस्या धेरै आई रहेको बताए । स्थानीय तहका जन प्रतिनिधिहरुले गुनासो गरेका हुन् । व्यास नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले पुर्ननिर्माणले गर्ने कार्यमा जनप्रतिनिधिहरुलाई झमेलामा पारेको बताए ।