विशेष अधिवेशनमा सघाउन युवा नेताहरुस“ग संवाद

       नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीले तनहुँ कांग्रेसलाई जोगाउनका लागि विशेष अधिवेशन आह्वान 
गरेका डिल्लीराम अधिकारी नेतृत्वको समूहलाई साथ दिन तनहुँका कांग्रेस केन्द्रीय सदस्य तथा युवा नेताहरुलाई अनुरोध गरेका छन् । 
तनहुँका केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई र प्रदीप पौडेल तथा पूर्व संविधान सभासद ध्रुव वाग्लेलाई सम्पर्क गरी नेता जोशीले तनहुँ कांग्रेसलाई एक बनाउने अभियानमा साथ दिन आग्रह गरेका हुन् ।
नेता जोशीले विशेष अधिवेशनमा आफ्नो साथ रहेको भन्दै नेताहरुलाई पनि सहभागीताका लागि अनुरोध गरेको श्रोतले बताएको छ । ‘कांग्रेस पार्टी बचाउन थालिएको अभियानमा सबैको साथ आवश्यक छ,’ नेता जोशीको भनाई उद्धृत गर्दै श्रोतले भन्यो,‘त्यसैले यस अभियानलाई साथ दिनुस् ।’ उनले पार्टीलाई बलियो बनाउनका लागि पनि सबै पक्षलाई समेटेर अघि बढ्नुको विकल्प नभएकोमा कुराकानीका क्रममा जोड दिएको बताइएको छ । केही दिनयता विशेष अधिवेशनको पक्ष तथा विपक्षमा तनहुँ कांग्रेस विभाजित देखिएको छ । विशेष अधिवेशन आयोजक पक्षले पक्षमा तथा जिल्ला नेतृत्वले विपक्षमा एक अर्काविरुद्ध विज्ञप्ति जारी गरिरहेपछि ध्रुवीकरण बढेको देखिएको छ ।