प्रजातन्त्र पार्टीले पृथ्वी जयन्ती मनाउने

 राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति तनहँुले राष्ट्र निर्माता पृथ्वीननारायण शाहको दुई सय ९७ औ जन्म जयन्ती मनाउने भएको छ । राष्ट्रिय एकता दिवसका दिन एकताको सन्देश दिन दिवस मनाउने तयारी गरिएको रााष्ट्रिय पार्टीका जिल्ला कार्य समिति अध्यक्ष विनोदकुमार घर्तीले जानकारी दिए ।
आयोजकले पौष २७ गते व्यास को ट्राफिक चोकमा शाहको तस्बिरमा माल्यार्पण गरि मनाउने घर्तिले बताए । सरकारले यस्तो दिनमा पनि बिदा नराएको भन्दै पार्टीले गुनासो गरेको छ । बिदाको लागि पनि पार्टीले सरकारसँग माग गदै आएको घर्तीले जानकारी दिए ।