दुर्घटनामा एक घाइते

 व्यास नगरपालिका वडा नम्बर १ तालघरे अन्र्तगत पृथ्वी राजमार्गमा सवारी दुर्घटना हुँदा मोटरसाईकलका चालक घाईते भएका छन् ।  पोखराबाट चितवन जाँदै गरेको ना ३ ख ७५४७ नम्बरको बस र  डुम्रेबाट दमौली तर्फ आउँदै  गरेको बा ८७ प ७८४६ नम्बरको मोटरसाइकल ठोक्ंिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा मोटरसाइकल चालक व्यास ११ बस्ने वर्ष २२ को दिपेन्द्र क्षेत्री रहेको ट्राफिक प्रहरीले जनाएको छ ।  घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचार पछि पोखराको मणिपाल अस्पतालमा उपचार भैरहेको प्रहरीले  जनाएको छ  । बस चालक, बस र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।