अधिकारीको राजिनामा

 कांग्रेस तनहुँका अनुशासन समिति संयोजक रामचन्द्र अधिकारीले राजिनामा दिएका छन् । पार्टीले जिम्मेवारी दिएका अधिकारीको राजिनामा विस्तारित बैठकले स्विकृत गरी जिल्ला सदस्य यज्ञबहादुर रानाको संयोजकत्वमा जिल्ला सदस्यहरु पवित्रा पौडेल र यमबहादुर खाँड रहेको समिति गठन गरिएको पार्टी सचिव विश्व बाँस्तोलाले जनाएका छन् । विज्ञप्तिमा बाँस्तोलाले समूह वा समिति नतोकिकन माघ ८ को विशेष समूहलाई अवैधानिक भएको जिकिर गरेका छन् । तर आयोजक समितिले भने पार्टी विधान अनुसार नै आफ्ना गतिविधि अघि बढको प्रष्टीकरण दिंदै आएको छ ।