‘वन्यजन्तुको चोरीसिकारीले द्वन्द्व बढायो’ चोरी सिकारी नियन्त्रणका लागि सामग्री वितरण

  वन्यजन्तुले मानिसमाथि आक्रमणका श्रृंखला बढाइरहेका बेला यसको निराकरणका लागि अवैध सिकारी रोक्नुपर्ने सरोकारवालाको भनाई छ । 
भानु तथा व्यास नगरपालिकाका विभिन्न भागमा देखिएका वन्यजन्तु र मानवबीचको द्वन्द्वको कारण अवैध सिकारी भएको भन्दै सरोकारवाला विज्ञले यसलाई रोक्न वन्यजन्तुको संरक्षण आवश्यक रहेको बताएका छन् । तनहुँमा वन्यजन्तु र पर्यावरणीय संरक्षणका लागि क्रियाशिल हरियो वन कार्यक्रम सञ्चालन गरिरहेको गैर सरकारी संस्था समन्वय समिति तनहुँले चोरी सिकारी नियन्त्रणका लागि सामग्री प्रदान गरेको छ । चोरी सिकारी नियन्त्रणका लागि गठित २९ विभिन्न समितिलाई नियन्त्रणका सामग्री कार्यक्रमले प्रदान गरेको हो । मानविय क्रियाकलापले वनको व्यवस्थापन नमिलिको कारण वन्यजन्तु माथि आक्रमण भईरहेकाले यसलाई न्यून बनाउनका लागि समुदायिक वन भित्र रहेका ईकाइहरुलाई प्रतिरोध सामग्री रेनकोट, टर्च लाईट र टिसट वितरण गरिएको गैरसरकारी संस्था समन्वय समिति तनहँुका अध्यक्ष प्रतापसिं गुरुङले बताए ।   कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जङ्गली जनावरलाई संरुक्षण गर्नु पर्ने मानविय दायित्व रहेको 
बताए । उनले यस कार्यक्रमले मानवलाई वन्यजन्तुको संरक्षणका लागि प्रेरणा मिलेको बताए । ‘जङ्गली जनावर नरहे मानविय जीवनमा पनि खतरामा पर्छ,’ उनले भने,‘मानिसले वन र वनका जनावर पनि आफ्नै लागि जोगाउनु पर्छ ।’  
व्यास नगरपालिका प्रमुख बैकुण्ठनाथ न्यौपानेले संस्थालाई धन्यवाद व्यक्त गदै यस कार्यक्रमले उल्लेखिय काम गरेको बताए । उनले युवाहरु बेरोजगारीका कारण चोरी सिकारी बढेको हुन सक्ने आशंका 
गरे । वन डिभिजन कार्यलय तनहँुका प्रमुख केदार बरालले सबै चोरी निकासी नियन्त्रणतर्फ लाग्नु पर्नेमा जोड दिए ।
तनहुँ जिल्लाभर हरियो वनले चोरी सिकारी नियन्त्रणका लागि ३२ वटा समिति गठन गरेको छ । संस्थाले ३१९ जनालाई पुग्ने  सामग्री वितरण गरेको जनाइएको छ । संस्थाले समुदायमा भएको गतिविधि फोनमार्फत आदान प्रदान गर्नका लागि संयोजकहरुलाई रिचार्ज कार्ड पनि प्रदान गरेको छ । उनले 
भने ।