शिव महापुराणबाट साढे सात लाख कमाई

 शिवमहापुराण ज्ञानमहायज्ञमा ७ लाख ६१ हजार ३ सय ३६ रकम संकलन भएको छ । व्यास ५ स्थित पाटनमा पौष १० गते देखि १८ गते सम्म चलेको शिवपुराण ज्ञानमहायज्ञमा नगदी रसिदकाट ७ सात लाख २५ हजार ३ सय १८ र दान पेटिकाबाट ३६ हजार १८ रुपैया उठेको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । महायज्ञ भरि कुल ३ लाख ५० हजार ३५ रुपैयाँ खर्च भएको आर्थिक व्यवस्थापन समितिका सदस्य कृष्णराज वाग्लेले जानकारी दिए । 
संरक्षण समितिका अध्यक्ष एवं महायज्ञका संयोजक ताराप्रसाद श्रेष्ठले धार्मिक क्षेत्रमा धार्मिक कार्यक्रम गरी धार्मिक पर्यटकीय क्षेत्र बनाउनमा देशको केन्द्रको ध्यानाकर्षण गरेको बताए । उनले धार्मिक कार्यक्रमलाई पैसासँग जोड्ने गरिएकामा आफूहरुले त्यस्तो नकारात्मक सोच हटाउन पहल गरेको बताए । धार्मिक कार्यक्रमलाई महत्वपूर्ण ठानी आउँदा दिनहरुमा पनि महायज्ञ सञ्चालन गरिरने महर्षि वेदव्यास वेदविद्याश्रमका प्राचार्य सन्जय काफ्लेले बताए ।  
महायज्ञमा संकलित रकमबाट विद्याश्रमको स्तरोन्नति गर्ने एवं स्नातक तहसम्म आवासीय सुविधासहित सम्पूर्ण शिक्षा निःशुल्क उपलब्ध गराउने तर्फ लागेको आयोजकले जनाएको छ ।  त्यस्तै  रहेको बाँकी रकमबाट निमार्णाधिन शिवालय मन्दिरको निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।