वृद्ध मृत भेटिए

  बन्दीपुर गाउँपालिका १ नाहालास्थित पृथ्वी राजमार्ग छेउमा एक वृद्ध मृत भेटिएका छन् । स्थानीय हरियाली कृषक समुहको भवनको पेटिमा मागेर बस्दै आएका धादिङ घर बताउने ६५ वर्षका टेकबहादुर विक मृत अवस्थामा फेला परेको तनहुँ प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीको भनाई 
छ ।