‘भूकम्पपछिको पुननिर्माणमा ७७ प्रतिशत प्रगति’ पुननिर्माण लाभग्राहीको सूचीमा पर्न आवेदन दिने बढे

 भुकम्प गएको तीन वर्ष बिति सक्दा तनहँुमा पुन निर्माणका क्षेत्रमा ७७ प्रतिशत कार्य भएको केन्द्रीय आयोजना इकाईले जनाएको छ । बुधबार राष्ट्रिय पुननिर्माण प्राधिकरण तनहँुले आयोजना गरेको भुकम्प पछिको पुनः निर्माण र पुनस्र्थापना सम्बन्धी अभिमुखिकरण तथा  दुई दिने समिक्षा गोष्ठीमा प्रस्तुत तथ्यांकले यस्तो जानकारी दिएको  हो । 
कार्यक्रममा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण कार्यकारी समिति सदस्य ध्रुवप्रसाद शर्माले पुर्ननिर्माण कार्यका लागि समिति गठन भएको र धेरै कार्य अघि बढेको उनले बताए । नेपालका १४ वटा जिल्लाहरुलाई प्राथमिकता दिईएको उनले बताए । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले पुर्ननिर्माणको कार्यमा सजिलै सेवा दिन नपाएको बताए । उनले शुक्लागण्डकीमा २० प्रतिशत लाभदायीले मात्र दोस्रो किस्ताको बुझेको बताए । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले शिक्षा तथा स्वास्थ्य संस्थाको पुननिर्माण कार्यमा सरकारले  कम अनुदान वितरण गरेको भन्दै दुःख व्यक्त गरे । तनहँुमा कुल सर्वेक्षण गरिएका घर परिवार २५ हजार एक सय ७५ घरधुरी रहेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका उप–सचिव मनोहर घिमिरेले बताए । सर्वेक्षण गरिएकामध्ये पुर्ननिर्माण लाभगाह्री १३ हजार ८ सय २१ घरधुरी र प्रवलीकरण लाभगाह्री चार सय ६६ घरधुरी छन् । प्राधिकरणमा तनहँुबाट निजी आवास पुर्ननिर्माण अनुदान लाभग्राहीमा सूचीकृत हुनु पाँउ भन्ने गुनासो बढी रहेको उनले बताए । तनहँमा सात हजार १० बढी गुनासो रहेको र भानुमा तीन हजार ८१ वटा गुनासो दर्ता भएको केन्द्रले जनाएको छ । लाभग्राही हुनका लागि घर पुर्ण रुपमा क्षती भएको हुनु पर्ने र नेपालभर अर्को कुनै घर नभएको भएमा मात्र पुर्ननिर्माण कार्य हुने कार्यक्रममा जानकारी दिइयो । अझै पनि सुचनाको कमीले पुननिर्माणका लागि सबै प्रभावितको निवेदन नआएको जनाएको छ । जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्लेले सेवागा्रहीले तत्काल राहत नपाएको र पुन निर्माणको कार्य सुस्त भएको  बताए । ‘हामीलाई समयमा काम भएन भन्ने गुनासो धेरै आइरहेको छ,’ उनले भने,‘यस्तो अवस्था आउन नदिन अझै सक्रियता बढाउनु जरुरी छ ।’