मितेरी युवा क्लबद्वारा सरसफाई तालिम

 व्यास ६ स्थित बाह्रबिसेमा रहेको मितेरी युवा क्लबले बाह्रबिसेस्थित पराशर टोल विकास संस्थालाई सरसफाई सम्बन्धी तालिम प्रदान गरेको छ । 
टोललाई पूर्ण सरसफाईयुक्त बनाउने उद्देश्यले एक दिने तालिम प्रदान गरिको क्लबका अध्यक्ष मेखराज श्रेष्ठले बताए । कहिलेकाहिंको कुचो झाडुबाट मात्र सरसफाई नहुने भन्दै तालिम प्रदान गरिएको उनले बताए ।
कार्यक्रममा क्लबका सचिवले फोहोरको व्यवस्थापन कसरी गर्ने शिक्षण गरेका थिए । क्लबका सदस्य सविन लामिछानेले पुनः प्रयोग गर्न मिल्ने फोहोरको कसरी प्रयोग गर्ने भन्दै प्रयोगात्मक जानकारी दिएका 
थिए । क्लबले हरेक महिनाको १ पटकको टोलमा सरसफाई कार्यक्रम गदै आएको छ । क्लबले टोलको लागि विभिन्न ठाउँमा फोहर फाल्न डस्बिन पनि वितरण गरेको थियो ।
टोलका अध्यक्ष भोजबहादुर श्रेष्ठले शौचालय बनाउन नसक्ने घरहरुलाई टोलले आर्थिक सहयोग गर्ने बताएका छन् । टोलका सचिव ज्ञानबहादुर गुरुङले आउँदो वैशाखमा रेडक्रस र वडा कार्यालयले सरसफाई निरिक्षणमा हरेक घरमा हरियो स्टिकर टाँसी टोललाई पूर्ण सरसफाई घोषणा गर्ने प्रतिवद्धता जनाए ।