माघे संक्रान्तिमा बिदा

 गण्डकी प्रदेश सरकारले माघे संक्रान्ति पर्वमा प्रदेशमा बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको विज्ञप्तिमा माघ १ गते मंगलबार माघे संक्रान्ति तथा माघि पर्व परेकाले सो दिन प्रदेशस्थित सबै शैक्षिक संस्था, सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तिय संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ । यसअघि १५ पुषमा पनि प्रदेश सरकारले बिदा दिएको थियो । तर प्रदेश सरकारको बिदाका क्रममा राजधानीमा कार्यालय रहेका बैंक तथा वित्तिय संस्था र संघीय सरकारका निकायले भने बिदा दिने गरेका छैनन् । उनीहरुले संघीय सरकारका बिदाका बेला मात्र सार्वजनिक बिदा दिने गरेका छन् ।