‘गाछेपानीमा तेल भण्डारण उपयुक्त’ तनह“ुका चार र गोरखाका दुई ठाउ“ सूचीमा

  नाकाबन्दीको समयमा अप्ठेरो भोगेको देशले त्यससँग जुध्नका लागि भन्दै देशैभर पेट्रोलियम भण्डारण केन्द्र बनाउने घोषणा गरेको थियो । चालु आर्थिक वर्षको बजेटमा समेत व्यवस्था गरिएको पेट्रोलियम भण्डारण केन्द्रका लागि प्रदेश सरकारले उपयुक्त ठाउँको टुंगो लगाउन लागेको छ । केन्द्रका लागि गठित सुझाव दिन प्रदेश सरकारले उर्मिला काफ्लेको अध्यक्षतामा जग्गा छनौट समिति गठन गरेको थियो ।  
गठित समितिले भण्डारणका लागि उपयुक्त तनहुँका चार र गोरखाका दुई ठाउँ उपयुक्त रहेको निष्कर्ष निकालेको छ । समितिले प्रदेश राजधानीसँग नजिकै रहेको, ढुवानीको सहज सुविधा भएको र प¥याप्त सार्वजनिक जग्गा समेत रहेकाले दुई सय रोपनी जग्गा भएको क्षेत्रलाई उयुक्त मानेको छ । गाछेपानी पहिलो प्राथमिकतामा रहे पनि सुझाव समितिले शुक्लागण्डकीकै अरु दुई क्षेत्रलाई पनि सम्भावित विकल्पका रुपमा अघि सारेको छ । 
शुक्लागण्डकी ८ मा रहेको तिब्बेतियन क्याम्पसँग जोडिएको जग्गामा पनि भण्डारण गर्न सकिने सुझाव समितिले सरकारलाई दिएको छ । शुक्लागण्डकीका विभिन्न भागमा निरीक्षण गरेको समितिले गिरिजाप्रसाद कोईराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रनजिकैको सार्वजनिक जग्गालाई पनि अर्को विकल्पका रुपमा प्रस्ताव गरेको छ । त्यसबाहेक पनि तनहुँको अर्को भाग पनि समितिको रोजाइमा परेको छ । समितिले तनहुँकै मस्र्याङदी जलविद्युत आयोजनाको बाँधनजिकै मार्किचोकमा रहेको खाली जग्गालाई पनि अर्को सम्भावित विकल्पका रुपमा दिएको छ ।
तनहुँबाहेक गोरखामा पनि समितिले अध्ययन गरेको थियो । जसका आधारमा आँबुखैरेनीसँग जोडिएको गोरखकाली रबर उद्योग र त्यहाँ सम्भव नभए गोरखाको पालुङटार क्षेत्रमा भण्डारण गर्न सकिने सुझाव सरकारलाई समितिले दिएको छ । समितिले सबै सम्भावित विकल्पका बारेमा अध्ययन गरेर प्रस्ताव गरेको भए पनि यस विषयमा सरकारले निर्णय भने गरिसकेको छैन । 
प्रदेश सरकारले समितिको प्रस्तावमा अध्ययन गरेर आवश्यक निर्णय लिने सरकारका प्रबक्ता रामशरण बस्नेतले बताए । ९० हजार लिटर क्षमताको तेल भण्डारण केन्द्र निर्माण गर्ने लक्ष्य राखिएकामा त्यसले तीन महिनाको आपूर्ति धान्ने लक्ष्य राखिएको छ । सरकारले आवश्यक