०७४ सालमा बिदैबिदा

चैत १४, काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आर्थिक वर्ष ०७४र०७५ का लागि वर्षभरिका सार्वजनिक विदाहरुको टुगो लगाएको छ ।
मन्त्रीपरिषद अन्र्तगतको सामाजिक समितिले पुरानै बिदालाई निरन्तरता दिने निर्णय गरेको छ । विगतमा जस्तै ०७४ सालमा पनि पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिइएको छैन । तर, नानक जगन्ती, महावीर जयन्ती, क्रिसमस डे लगायतका धार्मिक दिनहरुमा विगतको बिदालाई निरन्तरता दिइएको छ । यस बर्ष निकै चर्चामा रहेको पुस २७ गते पृथ्वी जयन्तीमा बिदा दिने प्रस्ताव सामाजिक समितिले अस्वीकृत गरेको छ ।
वर्तमान मन्त्रिपरिषदका केही मन्त्रीहरुले पनि पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने लविङ गरेका थिए । तर, गृह मन्त्रालयले भने उक्त दिन बिदा नदिने प्रस्ताव गरेको हो ।
मन्त्रिपरिषदको सामाजिक समितिले पनि उक्त दिन सार्वजनिक विदा दिनु नपर्ने बताएको मुख्य सचिव सोमलाल सुवेदीले बताए । सरकारले क्रिसमसका दिन इसाइ धर्मावलम्बीहरूका लागि मात्र बिदा दिने निर्णय गरेको छ ।
अघिल्ला बर्षको क्यालेण्डरमा त्यो दिन सार्वजनिक बिदा दिइएको थिएन । तर, गृहमन्त्रीले अन्तिम समयमा निर्णय गरेर सार्वजनिक बिदा दिएका थिए ।
सरकारले लोकतन्त्र दिवस बैशाख ११ गतेका दिन पनि बिदा नदिने निर्णय गरेको छ । जेठ १५ गते गणतन्त्र दिवसमा सार्वजनिक बिदा दिइएको छ । राजनीतिक परिवर्तनलाई स्मरण गर्न फागुन ७ गते प्रजातन्त्र दिवसका दिन सार्वजनिक बिदा प्रस्ताव छ ।