भादगाउँ खानेपानीको नेतृत्वमा कांग्रेसको प्यानलै विजयी

दमौली । व्यास १ भादगाउँ करांदी(खिरखांदी)खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १०औं साधारण सभा तथा छैटौं अधिवेशन हालै सम्पन्न भएको छ ।
अधिवेशनबाट कांग्रेस पक्षधर चिजबहादुर दरैको नेतृत्वमा रहेको प्यानल विजयी भएको छ । अध्यक्षमा कांग्रेसका आधिकारिक उम्मेदवार दरैले सात सय ६ मत पाएका थिए । 
उनका प्रतिष्पर्धी एमालेकी अध्यक्ष उम्मेदवार मनुमाया श्रेष्ठले एक सय ५१ मत पाएकी थिइन् । यसैगरी कांग्रेसकै तर्फबाट अर्का उम्मेदवार मणिजंग बस्नेतले भने १० मत पाएका थिए ।
अधिवेशनबाट उपाध्यक्षमा विजयी कांग्रेसका रामकुमार गोशलीले ६ सय ८४ मत पाएका थिए । उनका प्रतिष्पर्धी एमालेका उम्मेदवार रामजी पन्थले एक सय ८२ मत पाएका थिए । 
सचिवमा कांग्रेसका उम्मेदवार राजेश्वर हड्खलेले ६ सय ७४ मत पाएर विजयी भएका छन् । उनलाई पछ्याएका एमालेका उम्मेदवार ललितबहादुर पाण्डेले एक सय ८६ मत पाएका छन् । 
सदस्यमा कांग्रेसका उम्मेदवारहरु रामबहादुर केसी, बाबुराम पन्थ क्षेत्री, देवी थापा, रामराज अधिकारी, सन्तबहादुर  तामाङ, राजेन्द्रकुमार परियार, कृष्णबहादुर भट्ट र कमला अधिकारी निर्वाचित भएका छन् ।
कांग्रेस र एमाले दुवै प्यानलै खडा गरेर प्रतिस्पर्धामा उत्रिएपछि भादगाउँमा चुनावी प्रतिस्पर्धा कडा बनेको थियो ।