सितलचोक टोलको अधिवेशन

दमौली । व्यास नगरपालिका वडा नं. ४ स्थित सितलचोक टोल विकास संस्थाको सातौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जंगबहादुर दरैको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
टोलको उपाध्यक्षमा सु. देवबहादुर गुरुङ, सचिवमा सीता पण्डित, कोषाध्यक्षमा शोभा अधिकारी र सहसचिवमा प्रेमबहादुर थापा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मीना खड्का, सीता गुरुङ, बलराम सुवाल, सुर्यबहादुर गुरुङ, सुकु श्रेष्ठ र हिरा सुनाम चयन भएका छन् ।
अधिवेशनले सल्लाहकारमा हरिशरण पण्डित, विश्व न्यौपाने र कुमार थापालाई मनोनयन गरेको छ । कार्यक्रमको उद्घाटन सत्रमा टोलका विभिन्न विकास र भावी दिनमा गर्नुपर्ने कामका विषयमा व्यानपा ४ का वडा अध्यक्ष विश्व न्यौपाने, रेडक्रस तनहुँका उपमन्त्री हरिशरण पण्डित, कन्काई आवासीय माविका अध्यक्ष कुमार थापा, टोल विकास संस्थाकी पूर्व अध्यक्ष सीता पण्डित लगायतले मन्तव्य राखेको संस्थाले जनाएको छ ।