मोडल सबिनाको माया मीठो

दमौली । कुनै समय मोडलिङमा सक्रिय सबिना केसी पुनः मोडलिङमा फर्केकी छन् । आफ्नै आवाजमा रहेको तीज गीत माया मीठो हजुरको लिएर बजारमा आएकी सबिनाले छोटै समयमा राम्रो प्रतिक्रिया पाएकी छन् । गीतमा केसीलाई लक्ष्मी श्रेष्ठ र गीता थापाले पनि साथ दिएका छन् । हाईलाइट्स नेपालमार्फत युट्युब तथा रेडियो र टेलिभिजनमा समेत बजिरहेको तीज गीतले बजार तताएको छ । जगदीश्वर थापाको शब्द तथा तुलाधर दर्नालको संगीत रहेको पूर्वेली भाकाको गीतले तीज गीतहरुको भीडमा फरक स्वाद दिएको छ । 
लामो समयपछि आफ्नै गीतमार्फत मोडलिङ समेतमा फर्किएकी केसीले दर्शकको प्रतिक्रियाका आधारमा आगामी दिनमा थप गीत पस्किने बताइन् । पेशाले हाल शिक्षिका रहेकी केसी भन्छिन्,‘मलाई गायनमा फर्काउने कि नफर्काउने दर्शकको जिम्मा ।’