जिसस प्रमुख वाग्लेलाई सम्मान

दमौली । राधा माधव समिति तनहुँले एक कार्यक्रम गरी जिल्ला समन्वय समिति तनहुँका प्रमुखमा निर्वाचित आफ्ना अध्यक्ष शान्तिरमण वाग्लेसहितका पदाधिकारीलाई सम्मान गरेको छ । समितिमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख वाग्ले, उप प्रमुख पवित्रा पौडेल, सदस्य तिलबहादुर थापा, केशबहादुर सुनार लगायतलाई बधाई ज्ञापन गरियो ।
कार्यक्रममा जिसस प्रमुख वाग्लेले आफ्नो जिम्मेवारी सबै अध्यायत्मप्रेमीहरुप्रतिको सम्मान भन्दै जिम्वेवारीलाई गम्भीरतापुर्वक पालना गर्ने प्रतिबद्धता जनाए ।
राधा माधव समितिका उपाध्यक्ष रामनाथ भटराईले २० वर्ष पछि गठित जिल्ला समन्वय समितिमा संस्थाका अध्यक्ष निर्वाचित हुनु सुखद् पक्ष भएको बताए । 
कार्यक्रममा राधा माधव साधक परिवारका साधक साधिकाले कार्यक्रममा भजनकीर्तन आरती लगायतका विभिन्न धार्मिक क्रियाकलाप गरेका थिए ।